अन्तरवार्ता भिडियो कभर स्टोरी

नेपालमा राष्ट्रवादी अडान भएको एउटा मान्छे छैन ( भिडियोसहित)

नेपालमा राष्ट्रवादी अडान भएको एउटा मान्छे छैन ( भिडियोसहित)

‘प्रधानमन्त्री केपी शर्मा ओलीले मिचिएको भूमि फिर्ता सम्बन्धमा जे जस्ता कुरा गरिरहेका छन् , त्यो सबै जनतालाई भुल्याउने दाउ हो । कालापानी, लिपुलेक र लिम्पियाधुराका सम्बन्धमा देशभर आवाज उठेपछि त्यसलाई मत्थर पार्न ओलीले त्यसो भनेका हुन् । वास्तवमा भन्ने हो भने ती भूमि फिर्ता गराउन सक्ने ओलीको क्षमता नै छैन । ’

कानुन व्यवसायी एवं राप्रपा केन्द्रीय सदस्य डम्बर शिवाकोटीले नेपाल आजसंगको साक्षात्कारमा भने, ‘प्रधानमन्त्री ओलीले देश भित्रको दवाव थेग्न नसकेपछि भारतलाई आफनो सेना फिर्ता लैजान भनेका हुन् । उनले सर्वदलीय बैठक पनि धेरै ढिलो राखेका थिए । अहिले कुटनीतिक नोट पठाएको कुरा पनि झाराटराई मात्र हो । यो आँट ओली र उनको पार्टीका अरु कुनै पनि नेतामा छैन । ’

वास्तवमा भन्ने हो भने नेपाली भूमिप्रति कसैको चिन्ता नै छैन । यिनीहरु व्यक्तिगत स्वार्थ र महत्वाकांक्षामै हराएका छन् । नेपालमा एउटा पनि राष्ट्रवादी अडान भएको नेता छैन । सीमाका विषयमा छलफल गर्नुपर्यो भने नापी विभागको खरदार जान्छ । उताबाट सेनाको जर्नेल आउँछ । यिनलाई कुरा गर्ने आँट नै आउँदैन । घुमफिर गरेर अन्तिममा उनीहरुले बनाएको कागजातमा हस्ताक्षर गरेर आउँछन् । यस्तो छ ताल । नापी विभागको नक्शामा लिम्पियाधुरा नहुनुको रहस्य पनि यस्तै प्रवृतिको उपज हो । 

">

कानुन व्यवसायी समेत रहेको शिवाकोटीका अनुसार नेपालका हरेक क्षेत्र अस्तव्यस्त हुनुको कारण गणतन्त्र हो । गणतन्त्र भनेकै आफू अनुकुल ऐन कानुन बनाएर खाने हो । अहिले नेपालका नेता, कर्मचारी, टाठाबाठा सबैले आफू अनुकूल कानुन बनाउँदै लुट्ने काम गरिरहेका छन् । स्थानीय तहदेखि केन्द्रसम्म देखिएको यही छ । यहाँ कुनै सांसद वा मन्त्री फस्ने स्थिति आयो भने कानुन संशोधन गरेर जोगाउने काम गरिन्छ । कृष्णबहादुर महरा र मोहम्मद आफताव आलमलाई पुर्पक्षका लागि जेलमा राख्यो भन्दैमा कानुन बलियो भयो भन्न मिल्दैन । 

आज सर्वोच्च अदालत, अख्तियार, मानवअधिकार आयोग, निर्वाचन आयोग, प्रहरी लगायत कुनैपनि निकाय प्रभावकारी हुन नसक्नुको कारण गणतन्त्रको उपज हो । व्यवस्था आफैंमा खराब नभएपनि व्यवस्थाले दिएको सुविधा नेताहरुले दुरुपयोग गर्दा यो अवस्था आएको हो । संघीयता, गणतन्त्र र धर्मनिरपेक्षसहितको यो व्यवस्था अब धेरै लामो जानेवाला छैन । जनता असन्तुष्ट छन् । देशका विभिन्न स्थानमा यो व्यवस्थाप्रति असन्तुष्ट स्वरहरु गुञ्जिन थालिसकेका छन् । राजसंस्था, हिन्दु राष्ट्र र विकेन्द्रीकरण नै अबको परिवर्तन हो । यसका लागि सबै एकजुट हुनुको विकल्प छैन । 

">

 

केपी शर्मा ओली लिपुलेक लिम्पियाधुरा

विशेष