मुख्य समाचार

प्रदेशको राजधानी र नामाकरणको विषय छिट्टै टुंगिन्छः प्रचण्ड

प्रदेशको राजधानी र नामाकरणको विषय छिट्टै टुंगिन्छः प्रचण्ड

मकवानपुरः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले प्रदेशको राजधानी र नामाकरणको विषय छिट्टै टुङ्गिने बताएका छन् । चितवनबाट हेटौँडा हुँदै २ नम्बर प्रदेशतर्फ जाने क्रममा आज प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायत अन्य मन्त्री तथा कार्यकर्तासँगको भेटका क्रममा उनले राजधानी र नामाकरणको विषय प्रदेश सरकारले छिट्टै टुंग्याउने बताएका हुन् । 

अध्यक्ष प्रचण्डले राजधानीको विषयमा अल्झिदा विकास निर्माणको कुरा अघि बढ्न नसक्ने भन्दै यो विषयलाई टुङ्गाएर विकास निर्माणमा केन्द्रीत हुनपर्ने बताए । उनले आफूले नेकपाको अध्यक्षको हैसियतले राजधानीको विषय टुङ्ग्याउन मद्दत गर्ने समेत बताए ।

देशमा संक्रमणकाल समाप्त भएको भन्दै उनले अब सबैको उदेश्य विकास निर्माणमा केन्द्रित हुनु पर्नेमा जोड दिए । बितेको दुई वर्ष सबै तहका सरकार र पार्टीमा कर्मचारी समायोजनलगायत समस्याले केहि संक्रमण देखिएता पनि अब त्यस्तो अवस्था नरहेको समेत अध्यक्ष प्रचण्डले बताए ।

दुई अध्यक्षका बारेमा बोल्दै उनले प्रधानमन्त्री ओलीले देश चलाउने र आफूले पार्टी सञ्चालनको जिम्मा पाएकाले देश दौडाहामा लागेको बताए । अहिले हुन गईरहेको उप चुनावमा नेकपाको माहोल राम्रो भएको दावी गर्दै अध्यक्ष प्रचण्डले बाहिर प्रचार गरिएको जस्तो निराशाजनक स्थितीमा नेकपा नरहेको समेत दावी गरे ।  

मकवानपुर डोरमणि पौडेल प्रचण्ड राजधानी

विशेष