राशिफल

आज बुधवार तपाईका लागि कति शुभ ? हेर्नुहोस राशिफल

आज बुधवार तपाईका लागि कति शुभ ? हेर्नुहोस राशिफल

आज मिति २०७६ साल मङ्सिर महिनाको ११ गते बुधबार, तदअनुसार सन् २०१९ नोभेम्बर २७ तारिख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल 

मेष–

खर्च बढ्ने साथै मनमा दुबिधा रहने देखिन्छ । निको भइसकेको रोगले पुन सताउन सक्छ । दाम्पत्य जीवनमा खटपट देखिने छ।  

वृष–

व्यवहारिक चिन्ताले सताए पनि प्रयास गर्दा जटिल कार्यहरु पनि बन्नेछन्, आज आलस्यले पनि सताउला । विद्या र बुद्धिको विकास हुनेछ । 

मिथुन–

भग्यले साथ दिएको छ प्रसस्तै आर्थिक लाभ हुनुका प्रेम प्रसंग रमाइनेछ, वित्त आदिको पनि लाभ हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

कर्कट–

फलदायक समय छ । कमाइ बढ्नाले मन प्रसन्न रहने छ, सन्तानबाट पनि सुखको समाचार आउला । आर्थिक कारोवारमा सफलता पाइएला ।

सिंह–

आर्थीक पक्ष ठिकै भए पनि झगडा र डरको सम्भावना रहेकाले सावधान रहनु होला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।

कन्या–

साथी भाइबाट मान सम्मान पाइए पनि नोकरीमा अपजस आउला जस्तो छ, दिन सामान्य छ ।  व्यापारमा मनग्य धनलाभ हुनेछ ।

तुला–

मनमा शान्ती मिल्नुका साथै बौधिक कार्यहरु सफल हुनेछन । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ।  पढाइमा पनि प्रगति होला ।

वृश्चिक–

मनोरंजनको समय रहेको देखिन्छ । तपाईलाई अरुले बढी विश्वास गर्ने खालको समय रहेको छ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ ।

धनु–

सुखबाट टाढा हुनुपर्ने समय छ साथै गरेका काममा सफलता नमिल्ने देखिन्छ ।  घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । नचाइने ठाउमा धनको नाश होला ।

मकर–

रोकिएका अधुरा कार्य मिल्ने साथै आँट गरेको कार्य पुरा हुने समय छ, धनजनको पनि लाभ होेला । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ 

कुम्भ–

उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । काममा लागि पर्ने र काम पूरा गरेरै छाड्ने हठोट गरे सफल भइनेछ । धर्मकर्ममा मन जानेछ।  समग्रमा तपाईका लागि आजको दिन अनुकुल रहेको छ ।  

मीन–  

खर्च भए पनि भेटघाटमा खर्च हुनाले गर्दा मनमा सन्तोष हुनुका साथै मानसिक सन्तुष्टि मिल्ने छ । रचनात्मक काममा जुट्ने समय छ ।

#Daily Horoscope

विशेष