अब राशिबाटै थाहा पाउनुहोस तपाईको सच्चा मित्र र शत्रु, को ?
ज्योतिषशास्त्रका अनुसार हरेक राशीका शत्रु र मित्र राशी हुने गर्छन। कुन राशिका मानिस तपाईको मित्र हुन योग्य हुन्छन र कुन राशिका मानिस अयोग्य हुन्छन भन्ने बारे विविध रुपमा ज्योतिषशास्त्रमा उल्लेख गरिएको छ।
आउनुहोस जनिराखौ तपाईको मित्र र शत्रु राशिका बारेमा
मेष (Aries)
तपाईका लागि कर्कट, सिंह, धनु र तुला मित्र राशि हुन् जबकि मिथुन र कन्या शत्रु राशि हुन्
वृष (Thaurus)
कन्या, मकर र कुम्भ, वृष राशिको मित्र राशी हुन् भने धनु र वृश्चिक शत्रु राशि हुन्।
मिथुन (Gemini)
मिथुन राशिका लागि कन्या, तुला र कुम्भ सबैभन्दा असल मित्र राशी हुन्। जबकी मेष, कर्कट, वृश्चिक शत्रु राशी हुन्।
कर्कट (Cancer)
तपाईका लागि तुला, वृश्चिक, मीन र कुम्भ मित्र हुन् ,जबकि सिंह, मिथुन र कन्या शत्रु राशी हुन्।
सिंह (Leo)
सिंह राशिको मित्र राशी मेष, वृश्चिक र धनु मित्र हुन् , जबकि तुला र मकर भने शत्रु राशिभित्र पर्छन।
कन्या (Virgo)
तपाईका लागि वृष, कुम्भ र मकर मित्र राशि हुन्, जबकि धनु, मेष र कर्कट परम शत्रु।
तुला (Libra)
तपाईका लागि मिथुन, कर्कट र कुम्भ राम्रो मित्र राशि साबित हुन्छ त्यस्तै धनु र मीन राशि भने शत्रु राशी हुन्।
वृश्चिक (Scorpio)
सिंह, कर्कट र मीन वृश्चिक राशिको मित्र राशी हुन् जबकि मकर, मिथुन र कन्या तपाईका लागि अशुभ राशी हो।
धनु (Sagittarius)
तपाईका लागि मेष, सिंह र मीन उत्तम मित्र हुन्, जबकि वृष र तुला भने शत्रु राशी हुन्।
मकर (Capricorn)
वृष, कन्या र कुम्भ मकर राशिको मित्र हो, जबकि सिंह, वृश्चिक र मीन भने शत्रु राशी
कुम्भ (Aquarius)
तपाईका लागि मिथुन, वृष र कुम्भ मित्र राशि हुन् भने सिंह, धनु र मीन शत्रु राशि भित्र पर्छन।
मीन (Pisces)
मिन राशिका लागि कर्कट, धनु र वृश्चिक राशी परम मित्र हुन् , जबकि वृष, तुला र कुम्भ भने तपाईका लागि शत्रु राशी हुन्। यिनीहरु तपाईको प्रगति देखेर सधै जल्ने गर्छन।
राशि शत्रु मित्र