काठमाडौं ओर्लियो नेपाली सेनाको नयाँ विमान
काठमाडौंः नेपाली सेनाले सैन्य परिवहनका लागि इन्डोनेसियासँग खरिद गरेको सीएन २३५–२२० विमान काठमाडौं आइपुगेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार कार्गो विमान बिहान १० बजेर ५६ मिनेटमा काठमाडौं आइपुगेको हो ।
दुई वर्षअघि झण्डै साढे तीन अर्बमा नेपाली सेनाले खरिद सम्झौता गरेको थियो । यसका लागि नेपाली सेनाले सन् २०१७ को जुन महिनामा ३० मिलियन अमेरिकी डलरको सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो ।
इन्डोनेसियाको वेस्टजाभा बान्डुङको हुसेन सास्त्रानेगारा एअरबेसबाट उडेको विमान काठमाण्डौ आइपुगेको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार इन्डोनेसियाको पीटी डिरागान्तारा ९सरकारी कम्पनी० ले निर्माण गरेको विमान बहुउपयोगी छ ।
अब नेपाली सेनासँग हवाई साधनको संख्या २७ पुगेको छ, जसमा १२ ओटा सञ्चालनमा छन् भने १५ ओटा ग्राउण्डेट छन् । यो विमान हवाई यात्रादेखि कार्गो सुविधा पनि सञ्चालन गर्न सकिन्छ । विमानलाई परिमार्जन गरेर पनि आवश्यकताअनुसार विभिन्न उपयोगमा ल्याउन सकिन्छ ।
नेपाली सेना विमान