खेल

साग भलिबल: उद्घाटन खेलमा आज नेपाल र बंगलादेश भिड्दै 

साग भलिबल: उद्घाटन खेलमा आज नेपाल र बंगलादेश भिड्दै 

काठमाडौँ ।  १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष र महिला भलिबलको उद्घाटन खेलमा नेपालले बुधबार बंगलादेश संग भिड्दै छ। 

पुरुष भलिबल बेलुकी ७ बजे सुरु हुनेछ भने महिला तर्फको खेल अपराह्न ३ बजे हुनेछ। दुबै खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने बताईएको छ। 

नेपालले भर्खरै बंगलादेशमा सम्पन्न ‘प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप’ को उपाधि जितेकाले उच्च मनोबलका साथ मैदानमा उत्रने छ। महिलातर्फ बुधबार नै माल्दिभ्स र पाकिस्तानबीच पनि प्रतिस्पर्धा हुनेछ।

यसैबीच १३औं दक्षिण एसियाली खेलकुदमा सहभागी हुने महिला टोलीको हौसला बढाउन मंगलबार सरकारले पुरस्कार समेत प्रदान गरेको छ। १३औं सागको औपचारिक उद्घाटन मंसिर १५ गते हुने भएपनि भलिबल भने चार दिन अगाडि नै सुरु हुन लागेको हो।

अन्य खेलहरू भने मंसिर १५ बाट मात्रै सुरु हुनेछन्।

दक्षिण एसियाली खेलकुद

विशेष