राशिफल

मङ्सिर १२ गते बिहीबार तपाईका लागि कति शुभ ? हेर्नुहोस आजको राशिफल

मङ्सिर १२ गते बिहीबार तपाईका लागि कति शुभ ? हेर्नुहोस आजको राशिफल

आज मिति २०७६ साल मङ्सिर महिनाको १२ गते बिहीबार, तदअनुसार सन् २०१९ नोभेम्बर २८ तारिख, तपाईका लागि आज कतिको शुभ रहला ? हेर्नुहोस आजको राशिफल 

मेष–

आज तपाइको नया ठाउको भ्रमणले आर्थिक लाभ हुन सक्छ र कसैबाट समर्थन पनि पाइएला । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । अनावश्यक झैँ झमेलामा फ़सिएला सजक रहनुपर्ने छ ।  

वृष–

बौद्धिक कार्यबाट धनलाभ हुनेछ । पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला होस पुर्याउनु होला ।  बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ 

मिथुन–

आज टाढाको साथीसंगको भेटघाटले मन प्रफुल्ल रहला, तर सोचेको काम भने समयमा नै पुरा नहोला । धार्मिक यात्राको योगछ । नयाँ कार्यको योजना बन्नेछ ।

कर्कट–

आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन हो, जसबाट शुभ कुराको सङ्केत प्राप्त हुनेछ । बैदेशिक कार्य अघि बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ ।

सिंह–

आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कन्या–

साथीभाइ र कुटुम्बका नातेदारको सल्लाह र सहयोगको खाँचो महसुस हुनेछ, केही कारणले धनको पनि नाश होला ।

तुला–

स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ तर पनि कसैसंग सानो मनमुटाव हुन सक्छ ।

वृश्चिक–

गुरुजन, छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ, कृषिको कामबाट पनि फाइदै होला । लगनशीलताले कामहरू अगाडी बढ्नेछन ।

धनु–

मिष्ठान्न भोजन मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ, आफन्तले प्रशंसा गर्नेछन, जाँगर बढ्नेछ ।  अनावश्यक झमेलामा परिएला, तर विश्वास गरेकाले साथ दिनेछन् ।

मकर–

व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छ, रोग लाग्नाले केही आर्थिक क्षति पनि हुन सक्छ ।दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । 

कुम्भ–

आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला ।  शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।तर पढाइमा भने खासै मन नजाला ।

मीन–

आर्थिक क्षेत्र आज सबल तथा फलदायी हुने दिन छ, नसोचेको ठाउबाट पैसा आउने देखिन्छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । समग्रमा तपाईको आजको दिन सुखदे नै रहेको छ।  

#Daily Horoscope

विशेष