खेल

साग पुरुष भलिबलमा बंगलादेशविरुद्ध नेपाल पराजित

साग पुरुष भलिबलमा बंगलादेशविरुद्ध नेपाल पराजित

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष भलिबलको पहिलो खेलमा नेपाल बंगलादेशविरुद्ध पराजित भएको छ । घरेलु मैदानमा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल बंगलादेशसँग ३–२ को  सेटमा पराजित भएको हो । नेपालले पहिलो सेट २५–२१ ले जितेको थियो । तर, नेपालले दोस्रो सेट २५–२३ ले हार्न पुग्यो ।  

तेस्रो सेट २५–१९ को जित निकाल्दै २–१ को अग्रता बनाएको थियो । तर, चौंथो सेटमा बंगलादेशले २६–२५ को जित निकालेपछि खेल २–२ सेटको स्थितिमा पुगेको थियो । त्यसपछि खेलको अन्तिम तथा निर्णायक सेटमा १५–१२ ले जित्दै बंगलादेशले नेपाललाई ३–२ को सेटमा स्तब्ध बनायो । नेपालले समूह चरणको अन्तिम खेल भारतसँग शुक्रबार खेल्नेछ ।

सेमिफाइनलमा पुग्न नेपाललाई भारतविरुद्धको खेल जित्नै पर्ने दबाब समेत थपिएको छ । महिला भलिबलमा भने नेपालले विजयी सुरुवात गरेको छ । नेपालले पहिलो खेलमा बंगलादेशलाई ३–० सोझो सेटमा हराएको थियो । 

साग नेपाल भर्सेस बंगलादेश नेपाल पुरुष भलिबल

विशेष