खेल

माल्दिभ्सविरुद्ध खेल्दै नेपाल, शरदले कप्तानी सम्हाल्ने

माल्दिभ्सविरुद्ध खेल्दै नेपाल, शरदले कप्तानी सम्हाल्ने

काठमाडौंः १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टिमले आज अभ्यास खेलमा माल्दिभ्सको टोलीसँग खेल्दै छ ।  

माल्दिभ्ससँग सागमा नअटाएका नेपाली खेलाडीको टोलीले खेल्न लागेको हो । काठमाडौं स्थित मुलपानी क्रिकेट मैदानमा हुने अभ्यास खेलमा नेपालको कप्तानी सिनियर टोलीका अनुभवी खेलाडी शरद भेषावकरले गर्ने छन् ।

नेपाली सिनियर साग टोलीका व्यवस्थापक सुमनराज कार्कीका अनुसार माल्दिभ्स र नेपालबीचको अभ्यास खेल बिहीबार बिहान ९ बजेपछि सुरु हुनेछ । 

नेपाली टोलीमा शरदसँगै यू–१९ का कप्तान रित गौतम, नन्दन यादव, सागर ढकाल, शेर मल्ल, मन्जित श्रेष्ठ, सुनिल धमला लगायतका खेलाडी छन् । यता माल्दिभ्समा मोहम्मद रिजवान, अहमद हुसैन, उमर एडम जस्ता क्रिकेटर छन् ।  

 

शरद भेषावकर माल्दिभ्स भर्सेस नेपाल

विशेष