स्वास्थ्य

मधुमेहका रोगीले यी फलफुल सकेसम्म नखाएकै राम्रो, जानिराखौं

मधुमेहका रोगीले यी फलफुल सकेसम्म नखाएकै राम्रो, जानिराखौं

सन्तुलित आहारले शरीरमा धेरै फाइदा पुर्याउँछ र स्वास्थ्य पनि ठीक रहन्छ । आफ्नो दैनिक भोजनमा फलफूल खाने गर्नाले भिटामिन, कार्बोहाइड्रेट र मिनरल जस्ता शरीरका लागि आवश्यक पोषक तत्व प्राप्त गर्न सकिन्छ । तर मधुमेह लागेका मानिसले केही फलफूल खान पछि हट्नुपर्छ । फलफूल स्वास्थ्यका लागि राम्रो भए पनि मधुमेह भएकाहरुमा यसको नराम्रो असर पर्न सक्दछ ।

फलफुल पोषण र ऊर्जाको राम्रो स्रोत हो । प्रत्येक फलफूलमा एन्टीअक्सिडेन्ट र पौष्टिक तत्वको मात्रा अलग अलग हुन्छ । मधुमेहबाट पीडित मानिसले ब्लड सुगर बढाउने फल खानबाट बच्नुपर्दछ । धेरै फलफूललाई ब्लड सुगर लेवलमा बदलाव ल्याउने क्षमताको आधारमा वर्गीकृत गरिन्छ । मधुमेह रोगीले कुनै पनि फल खानु भन्दा पहिला त्यसको जीआई इन्डेक्स भ्याल्यू (ग्लाइसेमिक इन्डेक्स) हेर्नुपर्दछ । यदि यो ५५ वा त्यो भन्दा कम भएमा मधुमेहका रोगीले त्यसलाई खान मिल्दछ । स्ट्रबेरी, नासपाती र स्याउ आदि जस्ता केही फलफूल छन् जसमा कार्बोहाइड्रेटको मात्रा कम हुन्छ । त्यसैले यस्ता फललाई मधुमेहका बिरामीले खान सक्दछन् ।

मधुमेहका रोगीले खान नहुने फलफूल निम्न प्रकार छन् ।

आँप

फलफूलको राजा आँपलाई विश्वको सबैभन्दा स्वादिष्ट फल मानिन्छ । यसमा धेरै मात्रामा सुगर पाइने भएकाले मधुमेहका रोगीले धेरै आँप खान हुँदैन । यसलाई नियमित खानाले ब्लड सुगर लेवल धेरै बढ्दछ ।  

अंगुर

अंगुरमा फाइवर, भिटामिन लगायत अत्यधिक सुगर पाइन्छ । मधुमेहका रोगीले यसबाट टाढै रहनुपर्दछ । तीन औंस अंगुरमा करीब १५ ग्राम कार्बोहाइड्रेट पाइन्छ ।  

भूइँकटहर

यसमा जीआई भ्याल्यू धेरै हन्छ । यसलाई मधुमेह रोगीले आफ्नो आहारमा समावेश गर्न हुँदैन । सानो एक कप भूइँ कटहरमा पनि २० ग्राम वा त्यो भन्दा धेरै कार्बोहाइड्रेट पाइन्छ ।  

केरा

केराको जीआई भ्याल्यू ४६ देखि ७० को बीचमा हुन्छ र आधा कप केरामा करिब १५ ग्राम कार्बोहाइड्रेट पाइन्छ । पूर्ण पाकेको केरा मधुमेहका बिरामीले खानुहुँदैन ।

 तरबूजा

यसमा फाइबर र क्यालोरी कम हुन्छ र यसको जीआई भ्याल्यू ७२ को नजिक हुन्छ । साथै तरबूजामा भिटामिन ए र सी पनि पर्याप्त मात्रामा पाइन्छ ।  

मेवा

यसको जीआई भ्याल्यू ५९ को नजिक हुन्छ । यसमा धेरै मात्रामा क्यालोरी र कार्बोहाइड्रेट पाइन्छ । यदि यस्ता फलफूललाई मधुमेहका रोगीले आफ्नो खानामा समावेश गर्नुपरेमा ब्लड सुगर लेबल नबढ्ने किसिमले थोरै मात्रामा खानुपर्दछ ।

 

मधुमेह

विशेष