मुख्य समाचार

काठमाडौंमा याे वर्षकै कम तापक्रम

काठमाडौंमा याे वर्षकै कम तापक्रम

काठमाडौंः काठमाडौं उपत्यकामा बुधबारभन्दा आज झण्डै एक डिग्री सेल्सियस तापक्रम घटेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान न्यूनतम तापक्रम ८ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको आज बिहानको तापक्रम ७ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौंको योे तापक्रम यो वर्षकै कम हो ।

पश्चिमी वायुको असरले मौसम पूर्ण रुपमा नखुल्दा देशका धेरै ठाउँको न्यूनतम तापक्रम घटेको महाशाखाकाले जनाएको छ । पश्चिमी वायुको प्रभावले बिहीबार दिउँसो मध्य र पूर्वको पहाडीसहित पश्चिमी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने महाशाखाको पूर्वानुमान छ । 

बिहीबार पश्चिमी पहाडी क्षेत्रको केही ठाउँमा पानी पर्नुकासाथै हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।  

तापक्रम काठमाडौं

विशेष