खेल

माल्दिभ्सलाई नेपाल ‘ए’ को १५१ रनको लक्ष्य

माल्दिभ्सलाई नेपाल ‘ए’ को १५१ रनको लक्ष्य

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) को टी–२० तयारी अभ्यास खेलमा नेपाल ‘ए’ ले माल्दिभ्सलाई १ सय ५१ रनको चुनौती दिएको छ । 

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन बनायो ।

नेपालका लागि भिम सार्कीले ३३, अमित श्रेष्ठले २९, रित गौतमले २५, सुवाश खकुरेलले २०, दिलिप नाथले १८, सुनिल धमलाले १ रन बनाए । यस्तै शेर मल्ल ७ र आकाश चन्द ४ रनमा अविजित रहे ।

बलिङमा माल्दिभ्सका कप्तान मोहम्मद महफुजले सर्बाधिक ३ विकेट लिए ।

साग नेपाल भर्सेस माल्दिभ्स

विशेष