सुटिंग सेटमै मोडलको मृत्यु

एजेन्सी। ताईवानमा जन्मिएका अभिनेता 'गाडफ्रे गाओ' को सुटिंग सेटमै मृत्यु भएको छ । ३५ बर्षीय अभिनेताको मृत्युको कारण हृदयघात भएको बताईएको छ ।
'गाडफ्रे गाओ' चर्चित रियलिटी टीवी शो 'चेस मी' मा एक चर्चित स्टार गेस्टको भूमिकामा पनि देखिन्थे । ताइवान कनाडाईका अभिनेता तथा मोडलको चीनमा आयोजित एक शो को सुटिंगको दौरानमा अचानक बेहोस भई मृत्यु भएको जनाईएको छ ।
गाओ एक रियलिटी टीवी शो 'चेज़ मी' मा अतिथि प्रतियोगीका रुपमा देखिएका थिए। जुन शो उनको टिमले जित्ने लगभग पक्का नै भईसकेको थियो ।
बेहोस भए लगत्तै अस्पताल पुर्याईएका गाओको उपचारको क्रममा मृत्यु भएको 'शो' का निर्माताले बताएका छन उनि सन् २०११ मा लक्जरी ब्रान्ड लुई भिटनको एड क्याम्पेनका लागि छानिने उनी पहिलो एशियाली पुरुष मोडल थिए । त्यसपछि उनले हलिउडमा पनि आफ्नो पहिचान बनाए । उनले ‘द मोर्टल इन्स्ट्रुमेन्टः सिटी अफ बोन्स’ मा अभिनय गरे । गाओ चीनमा पनि एक चर्चित नाम हो ।
निधन #गाडफ्रे गाओ