मुख्य समाचार

अस्पतालबाटै ट्वीट गर्दै प्रधानमन्त्रीले भने, ‘मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ’

अस्पतालबाटै ट्वीट गर्दै प्रधानमन्त्रीले भने, ‘मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ’

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली सामाजिक सञ्जालमा सक्रिय भएका छन् । केही दिनअघि मात्रै शल्यक्रिया गरेका ओली बिहीबार बिहानैदेखि सामाजिक सञ्जाल ट्वीटरमा सक्रिय भएका हुन् ।

प्रधानमन्त्री ओलीले आधिकारिक सामाजिक सञ्जाल ट्वीटरबाट स्वस्थ्यलाभको कामना गर्नेलाई धन्यवाद दिएका छन् ।

ओलीले काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा र निरज वाग्लेको ट्वीटर ह्याण्डमा धन्यवाद दिएका छन् ।

गत मंगलबार एपेन्डिसाइटिसको अपरेसन गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको अस्पतालले जनाएको छ ।

https://twitter.com/kpsharmaoli/status/1199915001114320898

केपी शर्मा ओली ट्वीटर

विशेष