खेल

साग अभ्यासः माल्दिभ्सविरुद्ध नेपाल ‘ए’ को शानदार जित

साग अभ्यासः माल्दिभ्सविरुद्ध नेपाल ‘ए’ को शानदार जित

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) को टी–२० अभ्यास खेलमा माल्दिभ्सविरुद्ध नेपाल ‘ए’ ४९ रनले विजयी भएको छ ।

नेपाल ‘ए’ले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १ रन मात्र बनाउन सक्याे ।

उसका लागि युफुफ फरातले ४२, र हसन अब्रिम १८ र मोहम्मद इभान ९ रन बनाए । बलिङमा नन्दन यादव, आकाश चन्दले २–२, शेर मल्ल र मञ्जित श्रेष्ठले एक–एक विकेट लिए । 

यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन बनायो ।

नेपालका लागि भिम सार्कीले ३३, अमित श्रेष्ठले २९, रित गौतमले २५, सुवाश खकुरेलले २०, दिलिप नाथले १८, सुनिल धमलाले १ रन बनाए ।

यस्तै शेर मल्ल ७ र आकाश चन्द ४ रनमा अविजित रहे । बलिङमा माल्दिभ्सका कप्तान मोहम्मद महफुजले सर्बाधिक ३ विकेट लिए । सागमा नपरेका खेलाडी समेटेर बनेको नेपाल ‘ए’ ले माल्दिभ्सलाई पराजित गरेको हो ।  

माल्दिभ्स भर्सेस नेपाल

विशेष