खेल

आज पनि खेल्दै माल्दिभ्स र नेपाल ‘ए’

आज पनि खेल्दै माल्दिभ्स र नेपाल ‘ए’

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) को टी–२० दोस्रो अभ्यास खेलमा आज पनि माल्दिभ्स र नेपाल ‘ए’ टिम खेल्दै छन् । नेपाल ‘ए’ र माल्दिभ्सबीचको खेल बिहान ९ बजेपछि सुरु हुँदैछ । पहिलो खेलमा माल्दिभ्सविरुद्ध नेपाल ‘ए’ ४९ रनले विजयी भएको थियो । 

नेपाल ‘ए’ टिममा शरद भेषवाकर (कप्तान), भिम सार्की, अमित श्रेष्ठ, रित गौतम, सुवाश खकुरेल, दिलिप नाथ, सुनिल धमला, शेर मल्ल, मञ्जित श्रेष्ठ, आकाश चन्द लगायत खेलाडी छन् ।

सागमा नपरेका खेलाडी समेटेर माल्दिभ्सविरुद्ध खेल्न नेपाल ‘ए’ टिम बनाइएको हो । माल्दिभ्सको टिममा स्पिनर मोहम्मद महफुज कप्तान रहेका छन् । माल्दिभ्स आइसीसी टी–२० वरियतामा ७६औं स्थानमा छ ।  

अभ्यास खेल साग नेपाल भर्सेस माल्दिभ्स

विशेष