मुख्य समाचार

विमानस्थलबाट ८ किलो सुनसहित २ चिनियाँ नागरिक समातिए

विमानस्थलबाट ८ किलो सुनसहित २ चिनियाँ नागरिक समातिए

काठमाडौंः हङकङबाट नेपाल एयरलाइन्सको विमान हुँदै नेपाल आएका दुई चिनियाँ नागरिक ८ किलो अवैध सुनसहित पक्राउ परेका छन् । 

बिहीबार राति ११ बजे राहदानी वाहक दुई चिनियाँ नागरिकलाई ४–४ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ पक्राउ परेका हुन् । नियन्त्रणमा लिइएकामा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ छन् ।

उनीहरुमाथि अनुसन्धान जारी रहेको विमानस्थल प्रहरी प्रमुख डिआईजी सूर्य उपाध्यायले बताए । तस्करीको सुन बोक्ने मालिक वा भरिया को हुन् भन्ने खुल्न नसकेको उपाध्यायले बताए । 

सुन

विशेष