मुख्य समाचार

काठमाडौंको तापक्रम वर्षकै कम

काठमाडौंको तापक्रम वर्षकै कम

काठमाडौंः काठमाडौं उपत्यकाको तापक्रम केही दिनयता दिनहुँजसो घट्दै गएको छ । शुक्रबार बिहान काठमाडौं उपत्यकामा यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । 

शुक्रबार बिहान उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार न्यूनतम तापक्रम ७ दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो । बुधबार ८ दशमलब ७ डिग्री सेल्सियस थियो । दिनहुँ तापक्रम घट्दै जाँदा चिसो बढेको महसुस भइरहेको छ ।

देशको पश्चिमी भेगको मौसममा केही दिनदेखि असर पारिरहेको पश्चिमी वायुको प्रभाव शुक्रबार बेलुकीदेखि कमजोर हुँदै जाने महाशाखाले जनाएको छ । मौसमविद् मीनकुमार अर्यालका अनुसार दिउँसोपख पश्चिम पहाडका एक÷दुई स्थानमा हल्का पानी पर्ने सम्भावना छ ।

पश्चिमी भेगका उच्च पहाडी र हिमाली भेगमा हिमपातको पनि सम्भावना छ । पश्चिमी वायुको प्रभाव बिस्तारै कमजोर हुँदै जाने भएकाले शनिबारदेखि भने पश्चिमी भेगको मौसम सफा हुने महाशाखाले जनाएको छ । यीबाहेक देशका अन्य स्थानको मौसम भने सामान्यतया सफा रहने छ ।   

काठमाडौं तापक्रम

विशेष