खेल

टेष्ट सिरिजः इंग्ल्याण्डविरुद्ध टम लाथमको शतक

टेष्ट सिरिजः इंग्ल्याण्डविरुद्ध टम लाथमको शतक

काठमाडौंः इंग्ल्याण्ड विरुद्धको टेष्ट क्रिकेट सिरिज अन्तर्गत दोस्रो खेलको पहिलो इनिङ्समै न्यूजिल्याण्ड टिमका ओपनर टम लाथमले शतक पूरा गरेका छन् । उनले १५ चौकाको मद्दतमा १६९ बलमा शतक पूरा गरेका हुन् ।

टस हारेर ब्याटिङको मौका पाएको घरेलु टिम न्यूजिल्याण्डले ५४ ओभर सकिँदा ३ विकेट गुमाएर १ सय ७३ रन बनाएको छ । न्यूजिल्याण्डले यो स्थितिमा कप्तान केन विलियम्सनलाई ४, जित रावललाई ५ र रस टेलरलाई ५४ रन गुमाएको छ ।

दुई टेष्ट म्याचको सिरिजमा न्यूजिल्याण्डले १–० को अग्रता बनाएको छ । पहिलो खेलमा इंग्ल्याण्डविरुद्ध न्यूजिल्याण्डले इनिङ जित निकालेको थियो ।  

टेष्ट क्रिकेट सिरिज न्यूजिल्याण्ड भर्सेस इंग्ल्याण्ड टम लाथम

विशेष