प्रवास

‘प्रवासी ज्याबन समाज बैंग्लोर’द्वारा मृगौला पीडित कोपिला धामीलाई ३ लाख ८८ हजार सहयोग

‘प्रवासी ज्याबन समाज बैंग्लोर’द्वारा मृगौला पीडित कोपिला धामीलाई ३ लाख ८८ हजार सहयोग

काठमाडौंः बझाङको बुंगल नगरपालिका–२ की मृगौला पीडित कोपिला धामीलाई आर्थिक सहयोग जुट्ने क्रममा जारी रहेको छ । आर्थिक अभावका कारण सहयोगको याचना गरिरहेकी कोपिलालाई देश तथा विदेशमा रहेका नेपालीले सहयोग गरिरहेका छन् । ‘कोपिला धामी बचाऊ अभियान’ नै सञ्चालन गरेर स्वदेश तथा विदेशबाट आर्थिक संकलन भइरहेको छ ।

यसैबीच बिहीबार ‘बझाङ ज्यावन युवा समाज काठमाडौं’को बिशेष सल्लाह तथा अनुरोधमा रोजगारीका लागि भारतमा गएका प्रवासी नेपालीहरुले संकलन गरेकाे रकम मृगौला पीडित धामीलाई हस्तान्तरण गरिएको छ । ‘प्रवासी ज्याबन समाज भारत बैंग्लोर’को पहलमा संकलन भएको ३ लाख ८८ हजार रुपैयाँ काठमाडौं स्थित एबीसी न्यूजबाट प्रसारण हुने ‘इन्द्रेणी’ कार्यक्रम सञ्चालक कृष्ण कडेँलमार्फत हस्तान्तरण गरिएको हो ।

दुवै मृगौला फेल भएर लामो समयदेखि अस्पतालमै रहेकी धामीका लागि भन्दै भारतको बैंग्लोरबाट प्रवासी ज्याबन समाजका अध्यक्ष गंगलाल धामीको पहलमा २० हजार १ सय २५ भारु, ज्याबन समाजका सदस्य मकरबहादुर धामीको पहलमा १३ हजार ५ सय ६९ भारु, समाजकै सदस्य दिपक धामीको पहलमा १९ हजार २ सय भारु, भारतको बैंग्लोरमा बस्दै आएका समाजसेवी दिपेन्द्र पुजाराको पहलमा १७ हजार ८६ भारु, बोहरा स्पोर्ट क्लब खाेरी प्रवास बैंग्लोरको पहलमा १४ हजार ५ सय भारु संकलन भएको थियो ।

यस्तै कोपिला धामी बचाऊ अभियानका लागि लाङा गोसाई यूवा क्लब न्वाघर प्रवास बैंग्लोरको पहलमा १२ हजार ७ सय भारु, प्रवासी ज्याबन समाज बैंग्लोरका सदस्य डब्ब सिंह धामीको पहलमा ७ हजार ९ सय ५६ भारु, प्रवासी ज्याबन समाजका प्रमुख सल्लाहकार आभाष धामीको पहलमा ३ हजार ६ सय ३३, समाजकै सदस्य पदमबहादुर धामीको पहलमा १२ हजार ३ सय ५५, प्रवासी ज्याबन समाजका कोषाध्यक्ष मकर बहादुर जाग्रीको पहलमा ३८ हजार ५ सय, सजका सदस्य वकिल धामीको पहलमा  ९ हजार ६ सय ५०, समाजकै सदस्य मनोजबहादुर जाग्रीको पहलमा ३१ हजार २ सय ४३, समाजका उपकोषाध्यक्ष दिपक धामीको पहलमा १७ हजार ९ सय ५० भारु रकम उठेको थियो ।

यस्तै प्रवासी ज्याबन समाजका सचिव लोकेन्द्र गुर्धामी र सदस्य मानबहादुर धामीको पहलमा १६ हजार ६ सय ६ र समाजका सदस्य गगन धामीको पहलमा १७ हजार ७ सय ६२ भारु मृगौला पीडित कोपिला धामीको लागि संकलन भएको थियो । उक्त रकम ज्याबन यूवा समाज काठमाडौंका अध्यक्ष करन गुर्धामी, पत्रकार लोकेश धामी, मृगौला पीडित कोपिलाका श्रीमान् बीरबहादुर धामीको उपस्थितिमा हस्तान्तरण गरिएको छ ।

रकम हस्तान्तणपछि मृगौला पीडित धामीले आर्थिक सहयोग गर्ने देश तथा विदेशमा बस्ने सबै नेपालीलाई धन्यवाद दिइन् । अहिलेसम्म उपचारका लागि १७ लाखसम्म रकम संकलन भएको कोपिलाका श्रीमान् बीरबहादुर धामीले बताए । उनले कोपिलाको मृगौला प्रत्यारोपणका लागि अझैं १७–१८ लाख आवश्यक परेकाले सहयोग गर्न अपिल गरेका छन् । मृगौला पीडित कोपिला धामीलाई आर्थिक सहयोग गर्नका लागि उनकै मोबाइल नम्बर ९८६५९७२८२७ मा फोन गरेर बुझ्न सक्नु हुनेछ ।

‘प्रवासी ज्याबन समाज बैंग्लोर’को पहलमा मृगौला पीडित कोपिला धामीलाई सहयोग गर्ने व्यक्तिहरु

 

मृगौला कोपिला धामी प्रवासी ज्याबन समाज

विशेष