मुख्य समाचार

बुवाकै आँखा अगाडि छोराको हत्या, ४ जना पक्राउ

बुवाकै आँखा अगाडि छोराको हत्या, ४ जना पक्राउ

महेन्द्रनरः कञ्चनपुरमा एक युवकको हत्या भएको छ । युवाहरुको समूहबाट जिल्लाको महाकाली नगरपालिका–३ का २२ वर्षिय दिपक पन्तको हत्या भएको हो ।

बुवा बिसनसँगै मोटरसाईकलमा महेन्द्रनगर आइरहेका उनलाई महेन्द्रनगर–मझगाँउ सडक खण्डको भीमदत्त नगरपालिका–१८ गोबरैयामा ५–६ जनाकाे समूहले कुटपिट गरेका थिए । कुटपिट गर्दै समूहमा रहेका एक जनाले दिपकलाई चक्कु प्रहार गरे । बुवा बिसनले रोक्न हजार प्रयास गरे पनि युवाको समूहले दिपकमाथि कुटपिट जारी राख्यो।

कुटपिटबाट घाइते दीपकलाई स्थानीय अस्पतालले उपचार सम्भव नभएपछि भारत रेफर गर्यो तर उनको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएकाे छ ।

घटना भएको क्षेत्र सुनसान छैन । त्यस क्षेत्रमा धेरै घर छन् । यात्रुको आवतजावत पनि भएकै हुन्छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक नरेन्द्र वहादुर चन्दका अनुसार घटनामा संग्लन ४ जनालाई पक्राउ गरिएको छ ।

‘ति युवाहरू लागूऔषध प्रयोगकर्ता हुन्,’ उनले भने, ‘उनीहरू विभिन्न चोरीका घटनामा समेत संलग्न रहँदै आएका थिए । तीमध्ये केही यसअघिसमेत विभिन्न घटनामा पक्राउ परेर छुटेका व्यक्ति हुन् ।’

कञ्चनपुर हत्या दिपक पन्त

विशेष