मनोरञ्जन

निकिता र विराज स्टारर 'साङ्लो' को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

निकिता र विराज स्टारर 'साङ्लो' को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । एक्सन स्टार बिराज भट्टको निर्मण तथा निर्देशनमा तयार भएको चलचित्र 'साङ्लो' को पहिलो गीत 'चरीले काफल टिप्यो'बोलको गीत सार्वजनिक भएको छ । 

लोकलयमा आधारित गीतमा बिराजसंगै पुर्वमिस नेपाल निकिता चाण्डक पनि देखिएकी छिन । निकिता सन् २०१० को मिस नेपाल बिजेता हुन्। उनले यसै चलचित्र मार्फत नेपाली फिल्ममा डेब्यु गर्न लागेकी हुन्।  

राजनराज सिवाकोटीको शब्द,संगीत रहेको यस गीतमा राजनराज र मिलन अमात्यको स्वर रहेको छ । कविराज गहतराजले गीतलाई कोरियोग्राफ गरेका हुन्।  

एक्सन लभ स्टोरी जनरामा निर्माण भएको चलचित्र माघ २४ गतेदेखि देशभर प्रदर्शन हुदैछ।  चलचित्रमा बिराज र निकिताका  अलावा  जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशीलगायतका कलाकारहरुको अभिनय रहेको  छ।

विराज भट्ट प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, मानकृष्ण महर्जनको छायाँकन, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत र शिवम अधिकारीको कथा छ।

 

चलचित्र साङ्लो

विशेष