मुख्य समाचार

विवाहपञ्चमी कार्यक्रमका लागि राष्ट्रपति भण्डारी जनकपुरधाममा

विवाहपञ्चमी कार्यक्रमका लागि राष्ट्रपति भण्डारी जनकपुरधाममा

जनकपुरधामः जनकपुरधाममा जारी रहेको श्री सीताराम विवाहपञ्चमी महामहोत्सवको चौथो दिनको कार्यक्रममा सहभागि हुनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आज जनकपुरधाम आएकी छन् । 

नेपाली सेनाको विषेश हेलिकोप्टरबाट जनकपुरधाम आएपछि राष्ट्रपति भण्डारीले सोझै जानकी मंन्दिरमा पुगेर विषेश पूजा अर्चना गर्नुका साथै प्रसाद ग्रहरण गर्ने कार्यक्रम रहेको छ ।

पूजा लगतै राष्ट्रपति भण्डारी जनकपुरधामको ऐतिहासिक बाह्र विघा रङ्गभूमि मैदानमा आयोजना हुने विषेश कार्यक्रममा सरिक हुने कार्यक्रम छ । 

राष्ट्रपति भण्डारीले रङ्गभूमि मैदानमा नै भारतको रामजन्मभूमि अयोध्यावाट आएको जन्तिलाई स्वागत गर्नुका साथै सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले सोही कार्यक्रममा आयोजना गरिने जानकी लिला सहितको सांस्कृतिक कार्यक्रमको अवलोकन गर्ने कार्यक्रम समेत रहेको छ ।

राष्ट्रपति भण्डारी दिउसो मुख्यमन्त्री लालबाबु राउतले राष्ट्रपतिको सम्मानमा मधेश भवनमा आयोजना गर्नु हुने दिवाभोजमा पनि सरिक हुने कार्यक्रम छ ।

जनकपुरधाममा हुने विभिन्न कार्यक्रमहरुमा सरिक भएर राष्ट्रपति भण्डारी आजै काठमाण्डौ फर्किने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेँलले जानकारी दिए । 

राष्ट्रपतिको जनकपुरधाममा आउने कार्यक्रमलाई दृष्टिगत गरेर जनकपुरको सुरक्षा व्यवस्था निक्कै कडा बनाइएको छ । भारतवाट यस पटक विवाहपञ्चमी महामहोत्सवमा सहभागि हुनका लागि विश्वहिन्दू परिषदका मन्त्री राजेन्द्र सिंह पंकजको अगुवाई तथा रामजन्मभूमि अयोध्याका सदस्य महन्थ कमलनयन दास जी महाराजको नेतृत्वमा दुई वटा रथ, झाकी सहितक ५ सय विशिष्ट साधु सन्त, महन्थहरु जन्तिको रुपमा हिजै जनकपुरधाम आइपुगेका छन् । 

यसै गरि परम्परादेखि चल्दै आएको तिलकोत्सव विधि पनि जनकपुरधाममा आजै हुन लागेको छ । वाह्र विघा रङ्गभूमि मैदानको कार्यक्रम पछि जानकी मंन्दिरवाट महन्थ रामतपेश्वर दास वैैष्णवको अगुवाईमा १ हजार १ कोसेली (भार) सहित भगवान रामको तिलकोत्सव गर्नका लागि वेहुली पक्षबाट राममंन्दिरमा जाने कार्यक्रम छ ।

उक्त ठाउँमा राजा जनकको भूमिकामा जानकी मंन्दिरका महन्थ रामतपेश्वर दास तथा दशरथको भूमिकामा राममंन्दिरका महन्थ रामगिरीले सहभागि भएर वेहुली पक्षवाट तिलक गर्नका लागि आएकाहरुलाई स्वागत गर्नुका साथै सम्धिमिलन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रमको संयोजन श्रीराम युवा कमिटिले गर्ने कार्यक्रम रहेको छ ।

जनकपुरधाम विद्यादेवी भण्डारी विवाहपञ्चमी

विशेष