खेल

नेपाल ‘ए’ द्वारा माल्दिभ्सलाई २१७ रनको लक्ष्य, शरदको विस्फोटक ब्याटिङ

नेपाल ‘ए’ द्वारा माल्दिभ्सलाई २१७ रनको लक्ष्य, शरदको विस्फोटक ब्याटिङ

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) को टी–२० दोस्रो अभ्यास खेलमा नेपाल ‘ए’ टिमले माल्दिभ्सलाई २ सय १७ रनको विशाल लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय १६ रन बनायो । नेपालका लागि सिनियर टोलीका अनुभवी ब्याट्सम्यान शरद भेषावकर आक्रामक ब्याटिङ गरे । उनले ४२ बलमा ४ चौका र ८ छक्कासहित ८४ रन बनाए ।  

यस्तै प्रदीप ऐरीले ३६ बलमा ४ चौका र ६ छक्का ६९, दिलिप नाथले २७, अमित श्रेष्ठले नटआउट २५ रन बनाए । बलिङमा माल्दिभ्सका लिम सफिकले ३ विकेट लिए ।

नेपाल भर्सेस माल्दिभ्स

विशेष