राशिफल

शनिबार कुन राशिको भाग्य चम्केला ? हेर्नुहोस आजको राशिफल

शनिबार कुन राशिको भाग्य चम्केला ? हेर्नुहोस आजको राशिफल

 २०७६ साल मङ्सिर महिनाको १४ गते शनिबार, तदअनुसार सन् २०१९ नोभेम्बर३० तारिख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल 

मेष–

नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ, स्वास्थ्यमा समस्या हुनसक्छ । । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तान सुख मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।

वृष–

सुखद समाचार सुन्न पाइनेछ ।  स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । समाजसेवाका कामबाट लाभ हुनेछ भने अन्य विविध लाभ पनि होला ।

मिथुन–

शरीरमा आलस्य जाग्नेछ । काम गर्न जाँगर लाग्दैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ ।  शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

कर्कट–

विद्या, बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । आकस्मिक धनको लाभ हुनेछ, अन्न प्राप्तीको पनि योग छ ।बान्धवबाट सहयोग मिल्नेछ ।

सिंह -

अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउन सकिनेछ । आर्थिक पक्ष सबल बन्नेछ । दिन सामान्य बित्ला । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला ।

कन्या–

जग्गाजमिनको कारोबार गर्दा असल हुने सङ्केत छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।स्वास्थ्यमा समस्या आउला 

तुला–

लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । धर्मकर्ममा मन जानेछ।  

वृश्चिक–

कुनै लाभदायक समाचार सुन्न पाइएला । साथीभाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ । कार्यमा सफलता पाईनेछ । प्रेमीको सहयोग पाईनेछ ।

धनु–

सवारी साधनबाट सुख मिल्नेछ । लामो समयदेखि रोकिएका काम बन्दै जानेछन् । धन प्राप्ती होला । शुभ कार्यको चर्चा चल्नेछ।  

मकर–

मित्रजनबाट सहयोगका साथै सुख मिल्नेछ । नोकरीमा प्रशंसनीय कार्य गरिनेछ ।  प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मानसिक चिन्ता बढ्नेछ

कुम्भ–

सवारी साधन हाँक्दा सचेतता अपनाउनु होला, घरमा परपाहुना र अतिथिको आगमन हुनसक्छ । नयाँ कार्यको योजना बन्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

मीन–

बालबच्चाबाट पनि सुख सन्तोष प्राप्त हुनेछ, यात्राको समय छ, धार्मिकस्थल, देवालय आदिको भ्रमण हुन सक्छ ।

विशेष