मुख्य समाचार

उपनिर्वाचन २०७६ः कास्की–२ मा मतदान सुरु

उपनिर्वाचन २०७६ः कास्की–२ मा मतदान सुरु

पोखराः निकै चासोका साथ हेरिएको कास्की निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन सुरु भएको छ । मतदाताहरु आज बिहानैदेखि मतदान गर्न लाइनमा बसेका छन् । कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि ३२ मतदानस्थलमा ८२ केन्द्र  रहेको छ । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो ।

कास्की  २ मा दलका ११ र स्वतन्त्र गरी २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । यस निर्वाचन क्षेत्रमा कुल ७१ हजार ८ सय ७१ मतदाता छन् । पोखरा महानगरपालिकाका ११ वडा यस क्षेत्रमा पर्दछ । उपनिर्वाचनको सुरक्षाका लागि  नेपाली सेनाले गस्ती गरेका छन् । सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । 

कास्की मतदान

विशेष