खेल

साग खेल्नका लागि बंगलादेशद्वारा बलियो टिम घोषणा

साग खेल्नका लागि बंगलादेशद्वारा बलियो टिम घोषणा

काठमाडौंः आइतबारदेखि नेपालमा सुरु हुन लागेको दक्षिण एसियाली खेलकुद (साग) का लागि बंगलादेशले पुरुषतर्फको टोली घोषणा गरेको छ ।

बंगलादेश क्रिकेट बोर्डले सागका लागि घोषणा गरेको टिममा हालै सम्पन्न एसिया इमर्जिङ कप खेलेका क्रिकेटरको बाहुल्यता रहेको छ । 

टिममा रहेका सौम्य सरकार, अफिफ हुसेन, जाहिर हसन, नज्मुल हसन सान्तो, मेहदी हसन र मोहम्मद नइमले बंगलादेशका लागि सिनियर टिमबाट खेलिसकेका छन् ।

साग खेल्ने बंगलादेशको टिमः मोहम्मद नइम शेख, नइम शेख, अफिफ हुसेन, जाकिर हसन, नजमुल होसैन सान्टो (कप्तान), यासिर अलि, शेईद अबेदिन अफ्रीदी, शुमन खान, मिहुदुल ईस्लाम, तन्बिर ईस्लाम, मनिक खान, मेहेदी हसन राना, सौम्य सरकार, मेहदी हसन र हसन महमूद ।  

बंगलादेश क्रिकेट टिम साग

विशेष