स्वास्थ्य

जाडोमा कसरी स्वस्थ रहने ? यस्ता छन उपायहरु

जाडोमा कसरी स्वस्थ रहने ? यस्ता छन उपायहरु

चिसो मौसम सुरु भएसँगै रुघाखोकी, ज्वरो आदि समस्याहरुले मानिसहरुलाई सताइरहेको हुन्छ । यस्ता समस्याहरुबाट जोगिन र जाडोमा स्वस्थ रहनका लागि अलि होसियार हुनु आवश्यक छ । यसै सन्दर्भमा आज हामी जाडो मौसममा स्वस्थ रहनाका लागि अपनाउनु पर्ने केहि उपायका बारेमा बताउन  जादैछौं, आउनुहोस 

चिया–कफी कम खानु

जाडोमा तात्तातो चिया–कफीले फाइदा गर्छ भन्ने सोच्दै हुनुहुन्छ भने यो गलत हो। अत्याधिक चिया–कफी खानाले  शरीरमा क्याफिन र सुगरको मात्रा बढ्न पुग्छ, जसले शरीर पूरै ‘डिहाइड्रेटेड’ हुन्छ । चिया–कफीको सट्टा तातो दूध, ग्रिन टी अथवा तातो पानीव खानु आवश्यक छ।  

प्रसस्त पानी पिउने 

जाडोमा पानी खान गर्मीमा जसरी मन लाग्दैन । किनकि, जाडोमा प्यास लागेको महसुस त्यति हुँदैन । तर पानी पर्याप्त खाइएन भने शरीर ‘डिहाइड्रेटेड’ हुन्छ, जसले गर्दा कब्जियत, छाला फुस्रो हुने, ओठ फुट्ने आदि समस्या देखा पर्छ । पानी कम भयो भने किड्नी पनि राम्रोसँग क्रियाशील हुन पाउँदैन ।

धेरै समय घाममा नबस्ने 

जाडोमा घाम प्रिय हुन्छ भन्दैमा घण्टौँसम्म घाम ताप्ने गर्नु ठीक हुँदैन । आधा अथवा पौने घण्टाभन्दा बढी समय लगातार घाम ताप्नु हुँदैन । जाडोको मौसममा घामको किरणबाट जोगाउने मेलानिनको तह छालामा कम हुने भएकाले बढी समय घाम तपियो भने छाला डढ्ने समस्या हुन्छ । जाडोमा बाहिर निस्कँदा सन्स क्रिम लगाउनु आवश्यक छ । 

कम सुत्नु

जाडोमा बिहानीपख न्यानो बनाइराखेको सिरक फालेर उठ्न अल्छी लाग्छ । जाडो मौसममा रात लामो हुने भएकाले हामी बेलुका छिटो सुत्छौँ र बिहान ढिलो उठ्न खोज्छौँ । दिउँसो फुर्सद मिल्यो भने सिरकभित्र घुस्रिन पुग्छौं । तर, यसरी बेला न कुबेला सुत्दा निद्राको रुटिन भंग हुन्छ र यसले अनेक खालका स्वास्थ्य समस्या निम्त्याउने जोखिम बढ्छ ।

मास्क लगाएर मात्र बाहिर निस्कनु

जाडो मौसममा खासगरी बढी चिसो हुने बिहान र साँझपख वायुमण्डलको तल्लो तहमा ब्याक्टेरिया, भाइरसलगायत जीवाणु बढी क्रियाशील हुन्छन् । साथै, धुलोका कण पनि बिहान–बेलुका वायुमण्डलको तल्लो तहमा जम्मा भएका हुन्छन् । त्यही भएर मास्क नलगाई बिहान–बेलुका घरबाहिर निस्किनाले श्वासप्रश्वास, छालासम्बन्धी रोग लाग्ने जोखिम बढाउँछ ।

तातोपानीले धेरैबेर  ननुहाउने 

तातो पानी उपलब्ध छ भन्दैमा जाडो मौसममा बढी समयसम्म नुहाउनु हुँदैन । किनकि, तातो पानीले बढी समय लगाएर नुहाउने गरियो भने छालामा रहेको म्वइस्चराइजेसन कम हुन्छ र छाला फुस्रो बन्छ ।

न्यानो कपडामा बाहिर निस्कने

फेसनेबल देखिन जाडोमा समेत बाहिर जाँदा न्यानो लुगा नलगाउने, गला नछोपिने कपडा लगाउने स्वभाव कसै–कसैको हुन्छ । एकैछिनका लागि त बाहिर जाने हो भनेर पातलो कपडा लगाएर केही बेरका लागि बाहिर निस्कने बानी पनि हुन्छ । यस्तो गर्नु हुँदैन । यस्तो गर्नाले रुघाखोकी, ज्वरो, निमोनिया आदि हुने अथवा नसामा रगत जम्ने समस्या उत्पन्न हुन सक्छ ।

 

 

जाडो मौसम

विशेष