राशिफल

यो साता तपाईका लागि कस्तो रहला ? हेर्नुहोस साप्ताहिक राशिफल !

यो साता तपाईका लागि कस्तो रहला ? हेर्नुहोस साप्ताहिक राशिफल !

यो साता तपाईका लागि कस्तो रहला ? हेर्नुहोस मङ्सिर १४ गतेदेखि २० गतेसम्मको साप्ताहिक राशिफल ! 

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) -  Aries

अधुरा रहेका कार्यहरु पूर्ण भएर जानेछन।  धार्मिक तथा सामाजिक कार्यमा मन जानेछ।  आँटे त ताके अनुरुपको काम बन्नाले मनमा शान्ति छाउने छ।  साताको अन्त्यमा भने शैक्षिक क्षेत्रमा कमजोरी देखिनेछ।  यात्रा त्यति सफल देखिदैन।  

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) -Taurus

बिश्वास गरेकाहरुबाट धोका पाइने छ।  स्वास्थ्यमा समस्या देखिनाले दैनिक कार्यमा ढिलासुस्ती देखिनेछ।  साताको मध्यतिरबाट लामो समयदेखि रोकिएका काम बन्ने छ।  प्रेम र मित्रताको बन्धन कसिने समय रहेको छ।  पारिवारिक सुख समृद्धि प्राप्त हुनेछ।  

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह) - Gemini

मान्यजनको आशिर्वाद पाइने छ। धार्मिक कार्यमा मन जानेछ। सरकारी कार्यमा सफलता मिल्नेछ।  बन्धु वान्धाबको सहयोग पाइनेछ।  रिस गर्नेहरुले पिछा छोड्ने छैनन् अलि होस् पुर्याउनु पर्नेछ।  

कर्कट  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer

सामाजिक सभा समारोहमा सहभागी भइने छ। बिछोडिएका आफन्तहरुसंग पुनर्मिलन हुनेछ।  साहित्य लेखनको कार्यमा रुचि बढ्ने छ।  बैदेशिक यात्रा पनि सुखद रहेको छ।  समग्रमा कर्कट राशी हुनेहरुका लागि यो साता शुभ रहेको छ।     

सिंह  (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leo

नसोचेको ठाउँबाट धन आर्जन हुनेछ।  व्यापार व्यवसायबाट राम्रै मुनाफा पाइने छ।  पार्टी पिकनिक तथा सेमिनारमा सहभागी हुने अवसर मिल्नेछ। पारिवारिक असमझदारी बढ्नेछ।  स्वास्थ्य सामान्य रहने छ। 

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)  -Virgo

महत्वपुर्ण योजनाहरुलाई गोप्य राखेर अगाडी बढ्दा फाइदा हुने देखिन्छ।  स्वस्थ्यामा समस्या देखिन सक्ने भएकाले खानपानमा अलि सजक हुनुपर्नेछ। आर्थिक लेनदेनमा विवाद देखिन सक्ला। भाग्यवृद्धि हुनेछ।     

तुला  ( र, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libra

विशिष्ट व्यक्तिहरुको सहयोग पाइने छ।  शुभ कार्यको चर्चा चल्नेछ। धार्मिक एवम सामाजिक कार्यमा मन जानेछ।  नोकरी व्यवसायमा सफल भईनेछ।  सुखद समाचार सुन्न पाइने छ।  समग्रमा तपाईको यो साता सुखद रहेको छ।  

बृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  - Scorpio

रमणीय यात्राको अवसर जुट्नेछ।  दाम्पत्य जीवन सुखद रहला।  अध्ययन अध्यापनमा सफल भइने छ।  व्यापार व्यवसायमा सफलता मिल्नेछ।  तथापी साताको अन्त्यमा अरुको कुरालाई बेवास्ता गर्दा हातमा आएको अवसर गुम्ने छ।   

धनु  (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)  - Sagittarius

सहयोगको आस देखाउनेहरुले अन्त्यमा धोका दिने छन।  पढाई लेखाईमा खासै प्रगति गर्न नसकिएला।  सोचे अनुरुपको काम नबन्दा मानसिक तनाव बढ्नेछ।  साताको मध्यबाट आतिथ्य सत्कार पाइने छ।  सोचे अनुसार कार्य सम्पादन हुनेछ।  

मकर  ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)  - Capricorn

बोलीको प्रभावले धेरैको मन जित्न सकिनेछ। एक पछि अर्को सफलताहरुले पछ्याउने छन।  दाम्पत्य जीवन सुखद रहने छ।  नया कार्यको थालनी गर्ने सुखद समय रहेको छ।  आयको तुलनामा खर्च अलि बढी हुनेछ सजक हुनुहोला।  

कुम्भ  (गु, गे, गो, सा, सि, सु, से, सो, द)  -Aquarius

रमाइलो यात्राको अवसर मिल्नेछ।  धार्मिक एवम सामाजिक कार्यमा मन जानेछ।  आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।  सोचे अनुसारको काम बन्नेछ।  साताको अन्त्यमा यात्रा गर्दा या सवारी साधन चलाउदा अलिक सावधान रहनुपर्ने छ।  

मीन  (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)  - Pisces

धन आर्जनका नयाँ स्रोतहरु प्रसस्त भेटिने छन। नयाँ बश्त्रालंकरको प्राप्ति हुनेछ।  राजनैतिक कार्यमा सफल भइने छ।  स्वास्थ्य अनुकुल रहने छ।  प्रेम तथा मित्रताको बन्धन कसिने समय रहेको छ।  दाम्पत्य जीवन सुखद रहने छ।  समग्रमा तपाईका यो साता सुखद रहने छ।  

 

#Weekly Horoscope

विशेष