खेल

टेष्ट क्रिकेटः वार्नरद्वारा करियरकै उत्कृष्ट ब्याटिङ, रचे नयाँ इतिहास

टेष्ट क्रिकेटः वार्नरद्वारा करियरकै उत्कृष्ट ब्याटिङ, रचे नयाँ इतिहास

काठमाडौंः पाकिस्तान विरुद्धको टेष्ट क्रिकेट सिरिजको दोस्रो म्याचको पहिलो इनिङ्समा अष्ट्रेलिया टिमका ओपनर डेभिड वार्नरले शानदार ब्याटिङ गरिरहेका छन् ।

२३ चौकाको मद्दतमा २६० बलमा दोहोरो शतक पूरा गरेका वार्नरले टेष्ट करियरकै उत्कृष्ट ब्याटिङ गरेका छन् । उनी यो समाचार तयार पार्दासम्म ३३ चौकाको मद्दतमा ३६३ बलमा २ सय ७४ रन बनाएर ब्याटिङ गरिरहेका छन् ।

टेष्ट क्रिकेटमा वार्नरको यो उच्च स्कोर हो । यसअघि टेष्टमा उनको उच्च स्कोर २५३ थियो । उत्कृष्ट ब्याटिङसँगै वार्नरले इतिहास रचेका छन् । उनी पिंक बलमा दोहोरो शतक बनाउने पहिलो अष्ट्रेलियाली क्रिकेटर बनेका छन् ।

वार्नरको शानदार ब्याटिसँगै सिरिजको दोस्रो खेलमा पनि अष्ट्रेलिया बलियो अवस्थामा छ ।

टस जितेर ब्याटिङ रोजेको घरेलु टिम अष्ट्रेलियाले यो समाचार तयार पार्दासम्म १ सय ११ ओभरमा २ विकेट गुमाएर ४ सय ९० रन बनाएको छ ।

पहिलो इनिङ्समा अष्ट्रेलियाका मार्नुस मार्नुस लेबासचेन्नी १६२ र ओपनर जो बर्न्स ४ रनमा आउट भएका छन् । दुवैलाई पाकिस्तानका शाहीन शाह अफ्रिदीले आउट गरेका हुन् ।

डेभिड वार्नर टेष्ट क्रिकेट

विशेष