खेल

टेष्ट सिरिजः पाकिस्तानविरुद्ध वार्नरको तेहेरो शतक

टेष्ट सिरिजः पाकिस्तानविरुद्ध वार्नरको तेहेरो शतक

काठमाडौंः पाकिस्तान विरुद्धको दोस्रो टेष्टको पहिलो इनिङ्समै अष्ट्रेलिया क्रिकेट टिमका ओपनर डेभिड वार्नरले ३०० रन पूरा गरेका छन् ।

उनले ३७ चौकाको मद्दतमा ३८९ बलमा ३०० रन पूरा गरेका हुन् । टेष्ट क्रिकेटमा वार्नरको यो उच्च स्कोर हो । यसअघि टेष्टमा उनको उच्च स्कोर २५३ थियो ।  

उत्कृष्ट ब्याटिङसँगै वार्नरले इतिहास रचेका छन् । उनी पिंक बलमा तेहरो शतक बनाउने पहिलो अष्ट्रेलियाली क्रिकेटर बनेका छन् । वार्नरको शानदार ब्याटिसँगै सिरिजको दोस्रो खेलमा पनि अष्ट्रेलिया बलियो अवस्थामा छ ।

टस जितेर ब्याटिङ रोजेको घरेलु टिम अष्ट्रेलियाले यो समाचार तयार पार्दासम्म १ सय २२ ओभरमा ३ विकेट गुमाएर ५ सय ६० रन बनाएको छ ।

पहिलो इनिङ्समा अष्ट्रेलियाका मार्नुस मार्नुस लेबासचेन्नी १६२, ओपनर जो बर्न्स ४ र स्टिभ स्मिथ ३६  रनमा आउट भएका छन् । तिनैलाई पाकिस्तानका शाहीन शाह अफ्रिदीले आउट गरेका हुन् ।

पाकिस्तान भर्सेस अष्ट्रेलिया डेभिड वार्नर

विशेष