मनोरञ्जन

डोटीमा छायांकन गरिएको ‘साङ्लो’को गीत ‘युट्यब ट्रेन्डिङ’मा (भिडियो)

डोटीमा छायांकन गरिएको ‘साङ्लो’को गीत ‘युट्यब ट्रेन्डिङ’मा (भिडियो)

काठमाडौंः सुदूरपश्चिमको डोटीमा छायांकन गरिएको नेपाली चलचित्र ‘साङ्लो’ गीत युट्यूब ट्रेन्डिङमा परेको छ ।

दुई दिनअघि मात्रै युट्युबमा सार्वजनिक भएको ‘चरीले काफल’ बोलको यो गीत शनिबार बिहानसम्म ‘ट्रेन्डिङ २२’मा उक्लिएको छ ।

यो समाचार तयार पार्दासम्म विराज भट्ट अभिनित यो गीतलाई ७ लाख ३९ हजार बढीपटक हेरिएको छ ।

‘चरीले काफल’मा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर छ । लामो समय भोजपुरी सिनेमामा व्यस्त रहेका विराज ‘साङ्लो’ चलचित्रमा मुख्य भूमिकामा छन् । ‘चरीले काफल’ बोलको गीतमा विराजसँगै डेब्यू अभिनेत्री निकिता चाण्डकको अभिनय छ ।

">

 

साङ्लो विराज भट्ट

विशेष