खेल

टी–२० सिरिजः न्यूजिल्याण्डद्वारा इंग्ल्याण्डलाई १७७ रनको लक्ष्य

टी–२० सिरिजः न्यूजिल्याण्डद्वारा इंग्ल्याण्डलाई १७७ रनको लक्ष्य

काठमाडौंः टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा घरेलु टिम न्यूजिल्याण्डले इंग्ल्याण्डलाई १७७ रनको लक्ष्य दिएको छ । 

टस हारेर ब्याटिङको मौका पाएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७६ रन बनायो । 

उसका लागि जिमी नीशमले विष्फोटक ब्याटिङ गरे । उनले ४ छक्का र २ चौकाको मद्दतमा २२ बलमा ४४ रन बनाए ।

यस्तै ओपनर मार्टिन गुप्टिलले ४१, कोलिन डीग्राण्डहोम, रस टेलरले २८–२८, टिम सेफर्टले १६ रनको योगदान दिए । 

बलिङमा इंग्ल्याण्डका क्रिस जोर्डनले ४ ओभरमा ३ विकेट लिएर २३ रन खर्चिए । यस्तै साम करनको नाममा २ विकेट रह्यो । आदिल रशिद, शाकिव मोहम्मूद र लुइस ग्रेगोरीले एक–एक विकेट लिए ।

पाँच खेलको सिरिजमा इंग्ल्याण्ड १–० ले अगाडि छ । सिरिजको पहिलो खेलमा न्यूजिल्याण्ड ७ विकेटले पराजित भएको थियो । 
 

टी–२० क्रिकेट सिरिज न्यूजिल्याण्ड भर्सेस इंग्ल्याण्ड

विशेष