खेल

टी–२० सिरिजः अष्ट्रेलियाविरुद्ध पाकिस्तानको खराब सुरुवात (LIVE)

टी–२० सिरिजः अष्ट्रेलियाविरुद्ध पाकिस्तानको खराब सुरुवात (LIVE)

काठमाडौंः अष्ट्रेलिया टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा पाहुना टोली पाकिस्तानले खराब सुरुवात गरेको छ ।

उसले २ ओभरमै महत्वपूर्ण २ विकेट गुमाई सकेको छ । पाकिस्तानले फखर जमानलाई शून्य र हरिश सोहेललाई ४ रनमै गुमाएको हो ।

अष्ट्रेलिया–पाकिस्तानको लाइभ खेल हेर्न यहाँ क्लिक गर्नुस् 

फखरलाई पहिलो ओभरको दोस्रो बलमै मिचेल स्टार्कले स्टिभ स्मिथको हातबाट क्याच आउट गराए । यस्तै हरिश १.५ ओभरमा केन रिचर्डसनले स्मिथकै हातबाट क्याच गराउन सफल भए ।

टस हारेर ब्याटिङको मौका पाएको पाकिस्तानले ४ ओभर सकिँदा महत्वपूर्ण २ विकेट गुमाएर ३० रन बनाएको छ । यो समाचार तयार पार्दा कप्तान बाबर आजम र विकेटकीपर–ब्याट्सम्यान मोहम्मद रिजवान ब्याटिङमा छन् ।

 

  
 

अष्ट्रेलिया भर्सेस पाकिस्तान

विशेष