लेभान्टेविरुद्ध बार्सिलोना ३–१ गोलले पराजित
काठमाडौंः स्पेनिस लालिगा अन्तर्गत लेभान्टे विरुद्धको खेलमा बार्सिलोना पराजित भएको छ ।
पहिलो हाफमा अग्रता बनाए पनि दोस्रो हाफमा ७ मिनेटभित्र ३ गोल खान पुगेपछि बार्सिलोना पराजित भएको हो । जारी लिगमा बार्सिलोनाको यो तेस्रो हार हो ।
लियोनल मेसीले पेनाल्टी गोलमार्फत ३८ औं मिनेटमा गोल गर्दे टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा बार्सिलोना ७ मिनेटभित्र लगातार ३ गोल खानपुगेपछि ३–१ ले पराजित भयो ।
यद्यपी लेभान्टेले ६१, ६३ र ६८ औं मिनेटमा गोल गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल रह्यो । उसका लागि जोसे काम्पाना, बोर्खा मायोरल र नेमानिया राडोयाले गरेका थिए । हारपछि बार्सिलोना २२ अंकसहित लिगको शीर्ष स्थान रहेको छ ।
स्पेनिस लालिगा लेभान्टे भर्सेस बार्सिलोना