खेल

टी–२० सिरिजः इंग्ल्याण्डविरुद्ध न्यूजिल्याण्ड २१ रनले विजयी

टी–२० सिरिजः इंग्ल्याण्डविरुद्ध न्यूजिल्याण्ड २१ रनले विजयी

काठमाडौंः इंग्ल्याण्ड विरुद्धको टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा न्यूजिल्याण्ड २१ रनले विजयी भएको छ ।

पहिलो खेलमा ७ विकेटले पराजित भएको न्यूजिल्याण्ड आज भने २१ रनले विजयी भएको हो ।

१ सय ७७ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको इंग्ल्याण्डको टोली १९.५ ओभरमा १५५ रन बनाएर अलआउट भयो ।

उसका लागि डेभिड मलानले ३९, क्रिस जोर्डनले ३६, कप्तान इओन मोर्गनले ३२, लुइस ग्रेगोरीले १५ रन बनाए ।

अन्य खेलाडीले भने दोहोराे अंकमा रन जोड्न सकेनन् ।

बलिङमा न्यूजिल्याण्डका मिचेल साण्टनरले ३, टि साउथी, लकी फर्गुसन, इश सोधीले २–२ र डायरेल मिचेलले एक विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङको मौका पाएको घरेलु टाेली न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७६ रन बनायो । 

उसका लागि जिमी नीशमले विष्फोटक ब्याटिङ गरे । उनले ४ छक्का र २ चौकाको मद्दतमा २२ बलमा ४४ रन बनाए ।

यस्तै ओपनर मार्टिन गुप्टिलले ४१, कोलिन डीग्राण्डहोम, रस टेलरले २८–२८, टिम सेफर्टले १६ रनको योगदान दिए । 

बलिङमा इंग्ल्याण्डका क्रिस जोर्डनले ४ ओभरमा ३ विकेट लिएर २३ रन खर्चिए । यस्तै साम करनको नाममा २ विकेट रह्यो ।

आदिल रशिद, शाकिव मोहम्मूद र लुइस ग्रेगोरीले एक–एक विकेट लिए ।

आजको म्याचसँगै पाँच खेलको सिरिजमा इंग्ल्याण्ड–न्यूजिल्याण्ड १–१ बराबरीमा छन् ।  

टी–२० क्रिकेट सिरिज इंग्ल्याण्ड भर्सेस न्यूजिल्याण्ड

विशेष