खेल

टी–२० सिरिजः पाकिस्तानद्वारा अष्ट्रेलियालाई १०८ रनको लक्ष्य

टी–२० सिरिजः पाकिस्तानद्वारा अष्ट्रेलियालाई १०८ रनको लक्ष्य

काठमाडौंः टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा पाहुना टोली पाकिस्तानले अष्ट्रेलियालाई १०८ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको पाकिस्तानले १५ ओभरमा ५ विकेट गुमाएर १०७ रन बनायो । 

वर्षाका कारण १५ ओभरमा झारिएको खेलमा पाकिस्तानका कप्तान बाबर आजमले अर्धशतक बनाए ।

पहिलो पटक कप्तानी सम्हालेका उनले २ छक्का र ५ चौकाको मद्दतमा ३८ बलमा नटआउट ५९ रन बनाए ।

यस्तै मोहम्मद रिजावनले ३१ र अशिफल अलिले ११ रनको योगदान दिए । अन्य खेलाडीले भने दोहोरो अंकमासमेत रन जोड्न सकेनन् ।

बलिङमा अष्ट्रेलियाका मिचेल स्टार्क, केन रिचडर्सनले २–२ र अश्टन अगरले एक विकेट लिए ।

पाकिस्तानकाे खराब सुरुवात

अष्ट्रेलिया विरुद्धको सिरिजको पहिलो खेलमा आज पाकिस्तानले खराब सुरुवात गर्‍यो । उसले २ ओभरमै महत्वपूर्ण २ विकेट गुमाएकाे थियाे । पाकिस्तानले फखर जमानलाई शून्य र हरिश सोहेललाई ४ रनमै गुमाएको थियाे । फखरलाई पहिलो ओभरको दोस्रो बलमै मिचेल स्टार्कले स्टिभ स्मिथको हातबाट क्याच आउट गराए । यस्तै हरिश १.५ ओभरमा केन रिचर्डसनले स्मिथकै हातबाट क्याच गराउन सफल भए ।  

टी–२० क्रिकेट सिरिज पाकिस्तान भर्सेस अष्ट्रेलिया

विशेष