Technology

सातौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको तयारी सुरु

सातौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको तयारी सुरु

काठमाडौँ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीले सन् २०१४ देखि संचालन गर्दै आएको राष्ट्रियस्तरको एस्ट्रोनोमी ओलम्पियाडको सातौं संस्करणको तयारी सुरु गरेको छ। ओलम्पियाड सन् २०२० मा संचालन हुनेछ ।

देशभरीबाट छनौट हुने ५ जना विज्ञान शिक्षक कार्तिक १९ देखि २२ सम्म भारतको मुम्बईमा अवस्थित होमी भाभा विज्ञान शिक्षा केन्द्रमा संचालन हुने एस्ट्रोनोमी ओलम्पियाड एस्पोजर क्याम्पका लागि प्रस्थान गरिसकेको नासोका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । आजबाट मंंसिर ४ गते सम्म कार्यक्रमको लोगोको लागि सार्वजनिक आह्वान गरिएको उनले नेपाल आजलाई जानकारी दिए ।  

राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड सन् २०१४ देखि नेपाल मा संचालित एक राष्ट्रियस्तरको प्रारम्भिक प्रतिभा पहिचान शैक्षिक कार्यक्रम हो। सन् २०१४ देखि २०१८ सम्म कक्षा ११ र १२ का  विद्यार्थीले भाग लिने वातावरण रहेकोमा सन् २०१९ देखि कक्षा ९ र १० का विधार्थीले पनि भाग लिने वातावरण सिर्जना गरिएको छ। तीन चरणमा संचालन हुने राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको पहिलो चरणको लागि नेपालका  सातै प्रदेशमा कम्तिमा एउटा परिक्षा केन्द्र स्थापना गरिन्छ।

त्यस्तै पहिलो चरणबाट छनौट भएका विद्यार्थीहरुले दोस्रो चरण घरै बसी बसी सहभागी हुन सक्नेछन भने तेस्रो चरणको लागि छनौट भएमा काठमाडौँ आउनुपर्ने हुन्छ। काठमाडौँमा संचालन हुने तेस्रो चरण (बन्द शिबिर) मा सहभागी उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई अन्तर्रास्ट्रिय कार्यक्रमहरुमा सहभागी गराइन्छ।

हालै रोमानियामा सम्पन्न चौबिसौं अन्तरास्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपालले जुनियर तर्फ कास्य पदक प्राप्त गर्न सफल भएको थियो भने सन् २०१६ र २०१७ मा संचालित दशौँ  र एघारौं अन्तराष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोफ़िसिक्स ओलम्पियाडमा अनरेबल मेन्सन प्राप्त गरेको थियो भने तेइसौं अन्तरास्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा विशेष अवार्ड प्राप्त गरेको थियो।

राष्ट्रिय प्रतियोगितामा अब्बल देखिएका विद्यार्थीहरुले सन् २०२० मा युरोपेली राष्ट्र इटालीमा आयोजना हुने ुपच्चीसौं अन्तराष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड तथा दक्षिण अमेरिकी राष्ट्र कोलम्बियामा हुने चौधौं अन्तराष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोफ़िसिक्स ओलम्पियाडमा सहभागी हुने मौका पाउने भट्टराईले स्पष्ट पारे । 
 

विशेष