बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रिपरिषद बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ट्वीटर मार्फत् बैठक सुरु भएको जानकारी दिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली अहिले बालुवाटारमा मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गरिरहेका छन् । विहान ११ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री स्वास्थ्य परीक्षणका लागि गएपछि केही बेर पर सरेको थियो ।
प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर चिकित्सकसँग परामर्श गरेका छन् ।प्रधानमन्त्री ओलीको शिक्षण अस्पताल महाराजगञ्जमा छातीको एक्सरे गरिएको थियो । छातिमा पानी जमेको देखिएपछि प्रधानमन्त्रीको छातीको एक्सरे गरिएको थियो ।
नेकपा मन्त्रिपरिषद् बैठक