राशिफल

कात्तिक १८ गते सोमवार कुन राशिका लागि कतिको शुभ रहला ? हेर्नुहोस आजको राशिफल

कात्तिक १८ गते सोमवार कुन राशिका लागि कतिको शुभ रहला ? हेर्नुहोस आजको राशिफल

आज मिति २०७६ साल कात्तिक महिनाको १८ गते सोमवार, तदअनुसार सन् २०१९ नोभेम्बर ४ तारिख , तपाईका लागि कस्तो रहला ? आउनुहोस हेर्नुहोस तपाईको आजको राशिफल 

मेष–

अरूको उक्साहटमा लाग्नाले बेफाइदा हुन सक्छ। अविवेकी निर्णयले अप्ठ्यारोमा पार्नेछ। एकसाथ अनेक काम सुरु गरिए पनि धेरै अधुरै रहलान्। कामको सन्दर्भमा विदेश यात्रा हुन सक्ला।  कार्यभार बढेर जानेछ।  

वृष–

अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। नेकरी तथा व्यावसायिक काममा पनि चुनौती देखापर्न सक्छ। भविष्यका लागि दिगो निर्णय गर्न सकिनेछ।  धन आर्जनका प्रसस्त स्रोतहरु फेला पर्नेछन।  

मिथुन–

आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ। टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ। पठन पाठनमा राम्रै सफलता हुनेछ।  

कर्कट–

सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्। गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्नेछ। सुखद बैदेशिक यात्राको योग रहेको छ।  व्यापार व्यवसायबाट मनग्य लाभ उठाउन सकिनेछ। 

सिंह–

आर्थिक पक्षमा उन्नति भए पनि आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। दाजुभाइ,सहयोगले विपक्षीलाई तह लगाउन सकिनेछ। दैनिक कर्य्समा ढिलासुस्ती देखिनेछ।  

कन्या–

विभिन्न अवसर प्राप्त भए पनि स्वास्थ्य कमजोर रहन सक्छ। पेटको समस्याबाट जोगिन खानपानमा सजग रहनुहोला। अचानक खर्च बढ्ने सम्भावना रहेको छ।  बौद्धिक क्रियाकलापमा सकेसम्म सहभागी नहुदा नै राम्रो हुनेछ।  

तुला–

पारिवारिक असमझदारी बढ्ने छ।  आजको दिन सकेसम्म यात्रामा ननिस्कदा नै राम्रो हुनेछ।  काममा सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने छ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ।

वृश्चिक–

शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ।आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा गर्नेछन्।

धनु–

घरखर्च बढ्नेछ, आयआर्जनमा कमी आउने सम्भावना छ, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। मानसिक द्विविधाका कारण महत्वपूर्ण निर्णय लिन सकिने छैन।  

मकर– 

अरूको भरपर्दा काम बिग्रन सक्छ। सरकारी कामकाजमा नियुक्तिको सम्भावना बढेर जानेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

कुम्भ–

आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। व्यापार—व्यवसायमा लगानी बढाउन सकिनेछ । धार्मिक कार्यमा मन जानेछ।  सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ।  

मीन–

रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् । रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ। परिवारिक वातावरण सुखमय रहनेछ।  

दैनिक राशिफल

विशेष