खेल

दिल्लीमा भारतविरुद्ध बंगलादेशको ऐतिहासिक जित

दिल्लीमा भारतविरुद्ध बंगलादेशको ऐतिहासिक जित

काठमाडौंः भारत विरुद्धको टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा बंगलादेश ७ विकेटले विजयी भएको छ ।

अन्तर्राष्ट्रिय टी–२० मा बंगलादेशले भारतलाई पहिलो पटक हराएको हो ।

घरेलु टोली भारतले दिएको १४९ रनको लक्ष्य बंगलादेशले १९.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि विकेटकीपर–ब्याट्सम्यान मुस्फिकुर रहिमले उत्कृष्ट ब्याटिङ गरे ।

उनले ८ चौका र १ छक्काको मद्दतमा ४३ बलमा नटआउट ६० रन बनाए ।

यस्तै सौम्य सरकारले ३९, मोहम्मद नैमले २६, कप्तान महमदुल्लाहले अविजित १५ र लिटन दासले ७ रन बनाए ।

बलिङमा भारतका खलिल अहमद र युवजेन्द्र चहलले एक–एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४८ रन बनायो ।

उसका लागि ओपनर शिखर धवनले ४१, ऋषभ पन्तले २७, श्रेयस अय्यरले २२, केएल राहुलले १५, कप्तान रोहित शर्माले ९, शिवम् दुवेले १ रन बनाए ।

यस्तै कुणाल पाण्ड्या १५ र वासिङटन सुन्दर १४ रनमा अविजित रहे ।

बलिङमा बंगलादेशका सफिउल इश्लाम, अमिनुल इश्लामले २–२ र अफिफ हुसैनले एक विकेट लिए ।

यो हारसँगै भारत तीन खेलको सिरिजमा १–० ले पछि परेको छ ।

डेब्यू म्याचमा १ रन !

बंगलादेश विरुद्धको टी–२० सिरिजको पहिलो खेलमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्ने मौका पाएका भारतीय टिमका अलराउन्डर शिवम् दुवे १ रनमै आउट भए । उनलाई भारतले पाँचौ विकेटका रुपमा गुमाएको थियो । दुवेलाई १५ ओभरको अन्तिम बलमा अफिफ हुसैनले आउट गर्न सफल भए ।

यस्तो थियाे दुवै टिमको प्लेइङ–११

भारतीय प्लेइङ–११ः रोहित शर्मा (कप्तान), शिखर धवन, केएल राहुल, श्रेयस अय्यर, ऋषभ पन्त (विकेटकीपर), शिवम दुबे, क्रुणाल पाड्या, युजवेद्र चहल, वासिङटन सुन्दर, दीपक चहर र खलील अहमद।

बंगलादेशको प्लेइङ–११ः

सौम्य सरकार, लिटन दास, मोहम्मद नईम, मुशफिकुर रहीम (विकेटकीपर), महमदुल्लाह (कप्तान), मोसाद्देक हुसैन, अफीफ हुसैन, अमीनुल इस्लाम, सैफुल इस्लाम, मुस्तफिजुर रहमान र अल–अमीन हुसैन ।

भारत भर्सेस बंगलादेश टी–२० क्रिकेट सिरिज

विशेष