स्वास्थ्य

यी हुन् आलु खानुका फाइदा, हेर्नुहोस

यी हुन् आलु खानुका फाइदा, हेर्नुहोस

आलु एक सर्वसुलभ र सस्तो सब्जी तथा खाजा हो । नेपाली भान्सामा सबैभन्दा बढी प्रयोग हुने तरकारी पनि हो आलु । आलुलाई जुनसुकै तरकारीसँग पनि मिसाएर खान सकिन्छ । साथै, यसलाई धेरै किसिमका परिकार बनाएर खान मिल्छ । आलुलाई स्वास्थ्य र पोषणका दृष्टिकोणले समेत उपयोगी मानिन्छ। 

आज हामी आलु खानुका केहि फाइदाहरुका बारेमा बताउन जादै छौं आउनुहोस  

–आलु पोषणको भण्डार हो । यसमा प्रशस्त मात्रामा भिटामिन र मिनरल्स पाइन्छ । 

–आलु भिटामिन, खनिज र एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो । आलुमा पाइने एन्टिअक्सिडेन्टका कारण मधुमेह, हृदय रोग, क्यान्सर र पुराना रोग बल्झिने समस्या कम हुन्छ । 

–रक्तचाप, प्रतिरक्षा प्रणाली, पाचन प्रणाली लागि पनि आलु उपयोगी मानिन्छ । 

–आलुमा प्रशस्त स्टार्चको मात्रा हुन्छ । जसले रगतमा इन्सुलिनको मात्रालाई नियन्त्रण गरी ब्लड सुगरको जोखिम घटाउँछ । 

–नियमित आलुको सेवन गर्ने मानिसमा कब्जियत, पेट दुख्ने, ग्यास भरिने आदि समस्याको जोखिम कम हुन्छ । 

–एक अध्ययन अनुसार आलु खाएर शरीरमा हर्मोनको स्तर बढाउन सकिन्छ ।  

आलुका फाइदा

विशेष