दीपिकाले शेयर गरेको यो तस्बिर, सामाजिक सञ्जालमा भयो भाइरल

एजेन्सी। पछिल्लो समय कलाकारहरु चलचित्रका साथ साथै सामाजिक संजालमा पनि खुबै सक्रिय हुन थालेका छन। आफ्ना दैनिक क्रियाकलापका अपडेटदेखि लिएर उनीहरुले बेलाबखत आफ्ना बच्चपनका तस्बिर पनि सामाजिक संजालमा शेयर गरिरहेका हुन्छन जसलाई देखेर उनीहरुका फ्यानहरु उत्साहित हुने गरेका छन।
उनैमध्ये बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणले पनि आफ्नो बच्चपनको तस्बिर शेयर गरेकी छिन। जुन तस्बिर हाल सामाजिक संजालमा भाइरल भईरहेको छ। यस तस्बिरमा सुतिरहेकी सानी दीपिकालाई एकदम क्युट देखिएको छ। दीपिकाको यस तस्बिरमा सामाजिक संजाल प्रयोगकर्ता र बलिउडका केहि कलाकर्मीले कमेन्ट गरेका छन साथै उनका पति रणवीर सिंहले पनि यस तस्बिरमा कमेन्ट गरेका छन।
रणवीरले उनको यस तस्बिरमा स्माईली इमोजी राखेका छन। दीपिकाले २ ओटा फोटो शेयर गरेकी छिन जहाँ उनलाई चिन्न बिल्कुलै मुश्किल छ। यस भन्दा अघि पनि उनले बच्चपनको केहि तस्बिर सामाजिक संजालमा शेयर गरिसकेकी छिन।
फिल्मको कुरा गर्दा दीपिका अभिनित छपाक र ८३ प्रदर्शनको क्रममा रहेको छ। 'छपाक' मा उनि एसिड पिडित लक्ष्मी अग्रवालको भूमिकामा देखिदै छिन भने ८३ मा रणवीरको पत्नीको भूमिकामा देखिदै छिन।
दीपिका पादुकोण