खेल

एमसीसीलाई अर्को झड्का, ललितले लिए महत्वपूर्ण विकेट

एमसीसीलाई अर्को झड्का, ललितले लिए महत्वपूर्ण विकेट

काठमाडौंः नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाल विरुद्धको ५० ओभरको खेलमा दोस्रो विकेट गुमाएको छ ।

कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा  टस जितेर ब्याटिङ रोजेको एमसीसीले दोस्रो विकेटका रुपमा टम वेस्टलीलाई १० रनमा गुमाएको हो । उनलाई ललितनारायाण राजवंशीले ‘बोल्ड आउट’ गर्न सफल भए । वेस्टलीले आइतबार नेपाली यू–१९ टिमविरुद्ध ५५ बलमा ६५ रन बनाएका थिए । 

यसअघि एमसीसीको पहिलो विकेटका रुपमा बिलि गोडलम्यानलाई गुमाउन पुग्यो । उनी ११औं ओभरको तेस्रो बलमा ५२ रनमा आउट भए ।

बिलि आरिफ शेखको हातबाट क्याच आउट हुन पुगे । क्याच आउट हुनुअघि उनले ६ चौका र २ छक्का प्रहार गरेका थिए ।

यो समाचार तयार पार्दासम्म एमसीसीले २२ ओभरमा २ विकेट गुमाएर १३५ रन बनाएको छ । 

स्कोर कार्ड हेर्न यहाँ क्लिक गर्नुहोस् ।

नेपाली टिम नयाँ कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा मैदान उत्रिएको छ । एमसीसीविरुद्ध नेपालका मुख्य दुई खेलाडी प्लेइङ ११ मा समावेश गरिएका छैनन् । निर्वतमान कप्तान पारस खड्का र सन्दीप लामिछानेलाई प्लेइङ–११ मा समावेश नगरिएको हो । (Photo– Bootballer)

नेपालको प्लेइङ–११

ज्ञानेन्द्र मल्ल (कप्तान)
शरद भेषावकर
दीपेन्द्रसिंह ऐरी

आरिफ शेख
विनोद भण्डारी

पवन सर्राफ
करण केसी
ललित नारायण राजवंशी

विक्रम सोब
अविनाश बोहोरा
इशान पाण्डे

एमसीसीको प्लेइङ–११

जिमी एडम्स (कप्तान)
विल रोड्स

क्यलम ज्याक्सन
बिलि गोडलम्यान

टम वेस्टली
विल भानडरसपार

माइल्स ह्यामन्ड
एलेक्स थम्प्सन
यासिर अरफत

क्रिस राइट
ओलिभर ह्यानन–डाल्बी

एमसीसी भर्सेस नेपाल एकदिवसीय क्रिकेट

विशेष