मुख्य समाचार

बझाङको कालंगा हाइड्रोको सुरुङभित्र ४ कामदार थुनिए

बझाङको कालंगा हाइड्रोको सुरुङभित्र ४ कामदार थुनिए

बझाङः बझाङको बुंगल क्षेत्रमा निर्माण भइरहेको कालंगा हाईड्रो पावरमा काम गर्ने ४ जना कामदार सुरुङ भित्र फसेका छन् ।

आइतबार दिउसो सुरुङभित्र कामका लागि गएका कामदारहरुको अवस्था जोखिम रहेको प्रहरीले जनाएको छ । काम गर्नका लागी सुरुङभित्र गएका बेला अक्सिजन नभएपछि उनीहरु बेहोस भएको बझाङका डिएसपी गणेश बहादुर बमले बताए । 

उनीहरुसँगै गएका दुई जना कामदार भने फर्कीन सफल भएको उनको भनाई छ । ४ जनाको अवस्था भने अज्ञात रहेको डिएसपी बमले बताए ।

दैलेख जिल्ला गुराँस गाँउपालिका वडा नम्बर ३ घर भएका ३२ बर्षिय महेन्द्र शाही, सो गाँउमा कर्ण शाही र अछाम जिल्ला तुर्माखाँद गाँउपालिका वडा नम्बर ६ का २८ बर्षिय महेन्द्र साँउद साथै बझाङको बुंगल नगरपालिका वडा नम्बर १ का ३५ बर्षिय शेरसिह धामी रहेको प्रहरी नायब उपरिक्षक बमले जानकारी दिए । 

घटना भएको जानकारी भएपछि जिल्ला बाट प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे सहित नेपाली सेना सशत्र प्रहरी र नेपाल प्रहरी सहितको टोल घटना स्थल तर्फ गएको छ ।

८ सय मिटर लम्बाई सुरुङ भएकाले त्यहाँभित्र अक्सीजनको पनि अभाव भएको हुँदा उद्धार गर्न पनि समस्या भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । उनका अनुसार सुरुङ भित्र फसेका कामदारहरु निकाल्नका लागी काठमाडौंबाट हेलीकोप्टरमा नेपाली सेनाको टोली घटना स्थलमा पुगी उद्धारका लागि थप पहल भइरहेको बताए । 

बझाङ कालंगा हाईड्रो पावर

विशेष