स्वास्थ्य

लामो समयसम्म भोकै बस्नु मानसिक स्वास्थ्यमा लागि हानिकारक: अध्ययन

लामो समयसम्म भोकै बस्नु मानसिक स्वास्थ्यमा लागि हानिकारक: अध्ययन

आजभोली भोकै बस्नु मानिसहरुको आचरण भन्दा पनि एक फेसन बन्न थालेको छ । खाना नखाई नखाई बस्दा ठुलै काम गरे भनेर गर्वले छाती फुलाउनेहरुको पनि कमि छैन यहा।  विशेषगरी मोटोपन भएका मानिसहरु डाइट गरेको भन्दै समयमा खाना नखाने तथा साझ बिहान खाना खानै छोड्न थालेका छन।  

तर के तपाईले कहिल्यै सोच्नु भएको छ खाना नखाएर तपाईले शरीरमाथि मात्र होइन मानसिक स्थितिप्रति पनि कतिको अत्याचार गरिरहनु भएको छ भनेर। 

आउनुहोस् जान्नुहोस तपाईका यी सानातिना गल्तिले तपाईलाई कतीको प्रभाव पारिरहेको छ।  

एक बैज्ञानिक सोधका अनुसार मानसिक विकास अवरुद्ध हुनका कारण लामो समयसम्म भोकै रहदा मष्तिस्कसम्म पर्याप्त पौष्टिक तत्व नपुग्नु हो। मानव लगायत अन्य प्राणीको दिमागमा उर्जा एक परिष्कृत रुपमा खर्च हुन्छ।  मानव मष्तिस्कमा यस परिष्कृत उर्जा अन्य प्राणीको तुलनामा बढी खर्च हुन्छ।  प्रत्येक व्यक्तिमा यस पौष्टिक तत्वको खपत भोजनबाट प्राप्त हुन्छ।  

शरीरमा पर्याप्त मात्रामा पौष्टिक तत्वको कमि भएमा मष्तिस्कको विकास मन्द गतिमा हुने गर्छ।  काम गर्ने गति कम हुनाले दिमागको वृद्धि र विकास पनि कम हुन्छ।  

  

 

 

विशेष