खेल

एमसीसीविरुद्ध ललितको उत्कृष्ट बलिङ, एक्लैले लिए ३ विकेट

एमसीसीविरुद्ध ललितको उत्कृष्ट बलिङ, एक्लैले लिए ३ विकेट

काठमाडौंः नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाल विरुद्धको ५० ओभरको खेलमा पाँचौ विकेट गुमाएको छ ।

कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको एमसीसीले पाँचौ विकेटका रुपमा माईल ह्यामन्डलाई ३ रनमा गुमाएको हो ।

उनलाई ललित नारायण राजवंशले आउट गरे । योसँगै ललितलाई तेस्रो सफलता विकेट लिएका हुन् । यो समाचार तयार पार्दासम्म एमसीसीले ३१ ओभरमा ५ विकेट गुमाएर १७९ रन बनाएको छ । 

स्कोर कार्ड हेर्न यहाँ क्लिक गर्नुहोस् ।

नेपाली टिम नयाँ कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा मैदान उत्रिएको छ । एमसीसीविरुद्ध नेपालका मुख्य दुई खेलाडी प्लेइङ ११ मा समावेश गरिएका छैनन् । निर्वतमान कप्तान पारस खड्का र सन्दीप लामिछानेलाई प्लेइङ–११ मा समावेश नगरिएको हो ।

नेपालको प्लेइङ–११

ज्ञानेन्द्र मल्ल (कप्तान)
शरद भेषावकर
दीपेन्द्रसिंह ऐरी

आरिफ शेख
विनोद भण्डारी

पवन सर्राफ
करण केसी
ललित नारायण राजवंशी

विक्रम सोब
अविनाश बोहोरा
इशान पाण्डे

एमसीसीको प्लेइङ–११

जिमी एडम्स (कप्तान)
विल रोड्स

क्यलम ज्याक्सन
बिलि गोडलम्यान

टम वेस्टली
विल भानडरसपार

माइल्स ह्यामन्ड
एलेक्स थम्प्सन
यासिर अरफत

क्रिस राइट
ओलिभर ह्यानन–डाल्बी

एमसीसी भर्सेस नेपाल एकदिवसीय क्रिकेट

विशेष