खेल

एमसीसीको सातौं विकेट पतन, ललित एक्लैले लिए ४ विकेट (स्कोरबोर्डसहित)

एमसीसीको सातौं विकेट पतन, ललित एक्लैले लिए ४ विकेट (स्कोरबोर्डसहित)

काठमाडौंः नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाल विरुद्धको ५० ओभरको खेलमा सातौं विकेट गुमाएको छ ।

कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको एमसीसीले सातौं विकेटका रुपमा कलुम ज्याक्सन ११ रनमा गुमाएको हो । उनलाई दीपेन्द्रसिंह ऐरीको हातबाट ललितनारायण राजवंशीले क्याचआउट गराए । योसँगै ललित एक्लैले एमसीसीको ४ विकेट लिइसकेका छन् ।

यसअघि पवन सराफले २ र अभिनाश बोहराले एक विकेट लिएका थिए । यो समाचार तयार पार्दासम्म एमसीसीले ३७ ओभरमा ७ विकेट गुमाएर १९६ रन बनाएको छ ।  

स्कोर कार्ड हेर्न यहाँ क्लिक गर्नुहोस् ।

नेपाली टिम नयाँ कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा मैदान उत्रिएको छ । एमसीसीविरुद्ध नेपालका मुख्य दुई खेलाडी प्लेइङ ११ मा समावेश गरिएका छैनन् । निर्वतमान कप्तान पारस खड्का र सन्दीप लामिछानेलाई प्लेइङ–११ मा समावेश नगरिएको हो ।

नेपालको प्लेइङ–११

ज्ञानेन्द्र मल्ल (कप्तान)
शरद भेषावकर
दीपेन्द्रसिंह ऐरी

आरिफ शेख
विनोद भण्डारी

पवन सर्राफ
करण केसी
ललित नारायण राजवंशी

विक्रम सोब
अविनाश बोहोरा
इशान पाण्डे

एमसीसीको प्लेइङ–११

जिमी एडम्स (कप्तान)
विल रोड्स

क्यलम ज्याक्सन
बिलि गोडलम्यान

टम वेस्टली
विल भानडरसपार

माइल्स ह्यामन्ड
एलेक्स थम्प्सन
यासिर अरफत

क्रिस राइट
ओलिभर ह्यानन–डाल्बी

 

एमसीसी भर्सेस नेपाल एकदिवसीय क्रिकेट

विशेष