खेल

एमसीसीविरुद्ध नेपालले सस्तैमा गुमायो २ विकेट (स्कोरबोर्डसहित)

एमसीसीविरुद्ध नेपालले सस्तैमा गुमायो २ विकेट (स्कोरबोर्डसहित)

काठमाडौंः नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले दिएको २०२ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा नेपालले खराब सुरुवात गरेको छ ।

लक्ष्य पछ्याइरहेको नेपालले सस्तैमा २ विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटका रुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई १० रनमा गुमाएको छ । यसअघि नेपालले नेपालले पहिलो विकेटका रुपमा इशान पाण्डेलाई सुरुवातकै ओभरमा ४ रनमा गुमाउन पुग्यो ।

स्कोरबोर्ड हेर्नका लागि यहाँ क्लिक गर्नुस्

यो समाचार तयार पार्दासम्म नेपालले ६ ओभरमा महत्वपूर्ण २ विकेट गुमाएर २५ रन बनाएको छ ।

यसअघि कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको एमसीसीले ३९ ओभरमा सबै विकेट गुमाउँदै २०१ रन बनायो ।

उसका लागि बिलि गोडलम्यानले ५२, विल रोड्सले ५४, विल भानडरसपारले ३६ रन, एलेक्स थप्सनले १६, कप्तान जिमी एडम्स, टम वेस्टलीले १०–१० रन बनाए ।

बलिङमा ललितनारायण राजवंशी, पवन सराफले ४–४, अभिनाश बोहरा र करण केसीले एक–एक विकेट लिए ।

नेपाली टिम नयाँ कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा मैदान उत्रिएको छ । एमसीसीविरुद्ध नेपालका मुख्य दुई खेलाडी प्लेइङ ११ मा समावेश गरिएका छैनन् ।

निर्वतमान कप्तान पारस खड्का र सन्दीप लामिछानेलाई प्लेइङ–११ मा समावेश नगरिएको हो ।

नेपालको प्लेइङ–११

ज्ञानेन्द्र मल्ल (कप्तान)
शरद भेषावकर
दीपेन्द्रसिंह ऐरी

आरिफ शेख
विनोद भण्डारी

पवन सर्राफ
करण केसी
ललित नारायण राजवंशी

विक्रम सोब
अविनाश बोहोरा
इशान पाण्डे

एमसीसीको प्लेइङ–११

जिमी एडम्स (कप्तान)
विल रोड्स

क्यलम ज्याक्सन
बिलि गोडलम्यान

टम वेस्टली
विल भानडरसपार

माइल्स ह्यामन्ड
एलेक्स थम्प्सन
यासिर अरफत

क्रिस राइट
ओलिभर ह्यानन–डाल्बी

नेपाल भर्सेस एमसीसी

विशेष