मुख्य समाचार

सुकुटे बस दुर्घटनाः मृत्यु हुनेको संख्या १९ पुग्यो

सुकुटे बस दुर्घटनाः मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाडौंः सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ अरनिको राजमार्ग्स्थित सुकुटेमा आइतबार दिउँसो भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या१९ पुगेको हो ।

आज सुनकोशी नदीले बगाएर ल्याएको अवस्थामा सिन्धुलीको नेपालथोकमा एक जना र अर्का एकको शव घटनास्थलबाट केही तलमात्रै भेटिएको छ ।

आइतबार मृत्यु हुनेमा पुरुष १, महिला ७, बालक ६ तथा बालिका ३ जनाको मृत्यु भएको हो । आइतबार मृत्यु भएका १७ जनाको सनाखत भए पनि आज शव भेटिएका दुई जनाको भने परिचय खुल्न नसकेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइतेमध्ये ५२ जनाको उपचार धुलिखेल अस्पतालमा भइरहेकोमा दुई जनालाई थप उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा ‘रिफर’ गरिएको प्रहरीले जनाएको छ ।

दोलखाको मागा देउरालीबाट काठमाडौंका लागि छुटेको बा२ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको थियो । बसमा ६० भन्दा बढी यात्रु सवार रहेको अनुमान गरिएको छ । बस सडकबाट १०० मिटर तल सुनकोसी नदीमा खसेर दुर्घटना भएको हो ।

सिन्धुपाल्चोक सुकुटे बस दुर्घटना

विशेष